ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खा वेल्फेयरको एक करोड ६६ लाखमा बन्यो विद्यालय भवन


admin
असार १३, २०७५ बुधबार  १२ : २६ बजे

म्याग्दी, १३ असार । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यामिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले रु एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माण गरी वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले जानकारी दिनुभयो ।

“तीन वर्षअघिको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएको थियो, विद्यालयका पूर्वअध्यक्ष बागविर पाइजाको विशेष पहलमा वेल्फेयरमार्फत भवन निर्माण भएको छ, भवन निर्माणसँगै विद्यालयको पठनपाठनमा सहजता भएको छ”– अध्यक्ष बुद्धुजाले भन्नुभयो । वेल्फेयरले भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालन गरेको क्विक रेस्पोन्स परियोजनाले सो भवन बनाएको हो ।

गत मंसिर १४ गतेदेखि शुरु भएको भवन निर्माण कार्य असार ६ गते सम्पन्न भएको छ । वेल्फेयरले विद्यालय भवनसँगै पाँचकोठे छुट्टै शौचालयसमेत निर्माण गरेको विद्यालयका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिनुभयो ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा हाल १९१ जना विद्यार्थी अध्ययनरत छन् । भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त यस विद्यालयमा सरकारी, संघसंस्था, समुदाय तथा विभिन्न ठाउँमा रहेका शिखवासीका तर्फबाट आर्थिक स्रोत जुटाएर करीब रु तीन करोडभन्दा बढीको पूर्वाधार निर्माण गरिसकिएको प्रअ कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com