ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या


admin
असार १२, २०७५ मंगलबार   १० : ५१   बजे

काठमाडौँ, १२ असार । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । 


दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो ।

एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउनुहुन्छ ।

“केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उहाँको भनाई छ ।

ठमेलको अमृतमार्गमा दुई दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका किरणदेव घिमिरे बाटो विस्तारका क्रममा जथाभावी खनेका कारण आवतजावतमा समस्या परेको बताउनुहुन्छ । “बाटो विस्तारका कारण व्यवसायमा समेत समस्या परेको छ,”–उहाँ भन्नुहुन्छ ।

अमृतमार्ग अगाडि व्यास ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोले गर्दा मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताउनुहुन्छ ।

“सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने भनेको छ, तर ठमेलभित्रको बाटोको अवस्था यस्तो छ, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ?,”–उहाँ प्रश्न गर्नुहुन्छ ।

माथि उल्लेखित व्यवसायी प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका अधिकांश व्यवसायीलाई बाटोले गर्दा समस्या उत्पन्न गराएको छ ।

अहिले नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोषसम्मको बाटो विस्तार तथा कालोपत्रे नहुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुल गर्न समस्या परेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको ठमेलमा विस २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्रका रुपमा विकास गरेपनि बाटोमा जम्ने पानी र खाल्डाखुल्डीले समस्या उत्पन्न गराएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी ल्याउनका लागि बाटो विस्तार गर्दा खाल्डो परेको बताउनुहुन्छ । “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पाइप बिच्छाउँदा तथा ढल निर्माण गर्दा बाटोको यो अवस्था आएको हो,”– उहाँ भन्नुहुन्छ ।

सञ्चयकोष अगाडि भासिएको सडक पुनःनिर्माण गरिसकिएको र बाँकी सडक पनि केही दिनमानै कालोपत्रे गरिसक्ने उहाँको भनाइ छ । ठमेल क्षेत्रको अधिकांश भाग कामनपा वडा नं २६ मा पर्छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको बताउनुहुन्छ । “पानी परेका कारण बाटो विस्तार हुन ढिलाई भएको छ,”–उहाँ भन्नुहुन्छ ।

महानगरपालिका जतिसक्दो चाँडो उक्त सडकलाई कालोपत्र गर्ने दिशामा अगाडि बढेको उहाँको भनाई छ । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड १० लाख बजेट विनियोजन गरिसकेको उहाँ बताउनुहुन्छ ।

वडा नं २६ लाई उपत्यकाको नमूना वडा बनाउन वडा कार्यालय लागिपरेको र केही समयमा नै नमूना वडा बन्ने अध्यक्ष तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group