ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : सञ्चारमन्त्री


एबीसी न्यूज

भक्तपुर, ९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभएको छ ।

आज सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको जारी चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताउनुभयो । सरकारले लिएको संकल्प पूरा गर्न सरकार लागिपरेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “विश्वमा कुनैपनि देश अर्को देशले आएर बनाइदिँदैन, आफ्नो देश आफँैले बनाउने हो, हाम्रो देश बनाउने संकल्प सरकारले लिएको छ, सरकारले देश बनाउने संकल्प पाँच वर्षभित्र पूरा गर्छ ।”

जनप्रतिनिधि आफैँप्रति आफू इमान्दार भएमात्रै सरकारको संकल्प पूरा हुने बताउँदै उहाँले तीनवटा सरकार भएपनि आफ्नो कार्यक्षेत्रको काम आफैँले गर्नुपर्ने उहाँको भनाइ थियो ।

निर्वाचनमा गरिएको घोषणापत्र पाँचवर्षभित्र जनताले पल्टाई पल्टाई खोज्दा आफूले मुख फर्काउनु पर्ने अवस्था आउनु नहुनेमा उहाँले जोड दिनुभयो । मन्त्री बाँस्कोटाले काम गर्नै नसक्ने गरी धेरै योजना पेश गर्ने, काम नगर्ने तर धेरै भाषण गर्ने र सदाचारको कुरा गर्ने, तर भित्रभित्र बेइमान र राज्यको ढुकुटी लुट्ने कार्य नगर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

नगरसभामा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षभित्र नगरलाई समुन्नत नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत विकासका पूर्वाधार निर्माणमा एकवर्षमा धेरै प्रगति भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले आगामी पाँच वर्षभित्र भक्तपुरले विकासमा फड्को मार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सूर्यविनायक धुलिखेल छलेन सडक निर्माण, कोटेश्वर जडीबुटी र साँगामा सुरुङ मार्ग निर्माण, भक्तपुरमा ५० हजार क्षमताको रंगशाला र कभर्ड हल निर्माण तथा स्मार्ट सिटीसहितको आधुनिक शहर निर्माण हुन्छ, भक्तपुर समुन्नत बन्छ ।”

प्रदेशसभा सदस्य शशिजंग थापा, जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपाका नेताद्वय बचन देउजा र डिपी ढकाल, नेपाली काँग्रेसका नेता निसान ढुंगेललगायतले भक्तपुरको विकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com