ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसको दुर्लभ चरा खोज्दै दिन बित्छ


bhawani desk

 जाजरकोट, ८ असार । बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक हुनुुहुन्छ । ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उहाँ गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँड्नु भएको हो ।

विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ ।

सन् २०६९ फागुनमा काठमाडौँमा सेवारत रहँदा एक कार्यक्रममा गिद्ध र अन्य चराबारे छलफलमा सहभागी उहाँले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भन्दा अन्य सहभागीले जाजरकोटमा त दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएको पिडा सुनाउँदै त्यसैबेलादेखि आफूले चरा खोजीको काम शुरु गरेको र पाँच वर्षको अवधिमा विश्वमा लोपोन्मुख तथा दुर्लभ मानिएका आधा दर्जन चरा र अन्य केही जनावरसमेत भेटिएको बताउनुहुन्छ ।

उहाँले फेला पार्नुभएका चरा र जनावरलाई पक्षी विज्ञ र अन्य सरोकारवालाले प्रमाणित समेत गरिसकेका छन् । जाजरकोटका जंगलमा चार थरीका दुर्लभ एवं लोपोन्मुख अबस्थाका सुनगिद्ध, सेतो गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध पाइन्छ । विश्वकै दुर्लभ चरा चिरकालिज, जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हप्सीलो हुचिल, मलाहा, हुचिल, विश्वकै दुर्लभ जनावर हाइना, हिँउचिुतुवा, वनकुकुर, ब्वाँसो र कस्तुरी रहेको उहाँ बताउनुहुन्छ ।

जाजरकोटमा भेटिएका चार जातका गिद्ध, अन्य दुर्लभ चरा र जनावर पक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंह बताउनुहुन्छ । पाँच वर्षको अवधिमा साविकका १६ गाविसका जंगलमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुँड, तीन वटा हाडफोर गिद्धका गुँड, दुई वटा सेतो गिद्धका गुँड र एउटा सुनगिद्धको गुँड फेला परेको पनि गोविन्द जानकारी दिनुहुन्छ ।

रात दिन चरा भेटिने समय मिलाएर दुर्लभ चराको वासस्थानको खोजीमा जंगलको यात्रामा हिँडनुभएका सिंह आफूलाई अहिलेसम्म कसैले सहयोग नगरेको र कोही सरोकारवाला निकायले समेत सहानुभूति समेत नराखेकोमा गुनासो गर्नुहुन्छ ।

अहिलेसम्म क्यामेरा तथा अन्य सामग्रीको लागि व्यक्तिगत रु पाँच लाख बढी खर्च गरिसक्नुभएका गोविन्द जाजरकोटलाई दुर्लभ चरा र जनावरको वासस्थान हो भनेर नेपाल र नेपाल बाहिर चिनाउनका लागि आफूले रातदिन दुःख गरेर जंगल डुल्ने गरेको बताउनुुुहन्छ ।

उहाँका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गुँड नलगाड नगरपालिकाको रग्दाको चौखामा पाइन्छ भने वारेकोटको–९ काप्तीको जंगलमा लाटोकोसेरो प्रजातिका चरा भेटिएका छन् । यस्तै भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको उहाँ बताउनुहुन्छ ।

आफूले बारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवं लोपोन्मुख गिद्धका गुँड, दुर्लभ चरा र अन्य पक्षीको अध्ययन गर्न पक्षी विज्ञ डा हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुग्नुभएको र उहाँहरूले जाजरकोट विश्वका दुर्लभ चराको

सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको जानकारी दिनुहुन्छ ।
बारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह आफूहरुले पनि रेडपाण्डा लगायतका विश्वकै दुर्लभ चराको संरक्षणका लागि केही बजेट छुट्याउनुका साथै कार्यक्रम बनाउने गरेको र आगामी वर्षदेखि यस विषयमा विशेष पहल गर्ने सोचिरहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com