ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराजमा प्रदेश २ मा “विपद् व्यवस्थापन कार्यदल”


एबीसी न्यूज

सप्तरी, ८ असार । राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालय बिरगन्जमा सार्ने प्रस्ताव गरिएको छ । संघीय प्रहरी इकाई कार्यालयलाई बिरगन्जमा सार्ने प्रस्ताव गरिएसँगै अब यस कार्यालय भवनलाई प्रदेश २ को “विपद व्यवस्थापन कार्यदल” को मुख्य कार्यालयको रुपमा रहने गरि प्रस्ताव अघि सारिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले जानकारी दिनुभएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख अमात्यले प्रस्तावित यस कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त प्रहरीहरु रहने जानकारी दिएका छन् । ती प्रहरीले बाढी, पहिरो, आगलागि लगायतका विभिन्न विपद् आएको बेला प्रदेश २ प्रहरीको मातहतमा रहने गरि विपद् व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
प्रदेश २ प्रहरीको मातहतमै प्रहरी निरिक्षकको नेतृत्वमा कम्तिमा १ सय २५ जना विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त प्रहरी रहने प्रस्ताव अघि सारिएको उहाँले जानकारी दिनुभयो ।

राजविराजमा प्रस्तावित विपद व्यवस्थापन कार्यदल प्रदेश २ को मुख्यालयको रुपमा स्थापना गरिने समेत डिआइजी अमात्यले बताउनुभयो ।
मुलुक संघीय संरचनामा जानु अघि यस कार्यालय ६ जिल्लाको हेडक्वाटर हुने गरेको थियो । सगरमाथा अंचल प्रहरी कार्यालयको नामबाट संचालित यस कार्यालयले सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु प्रहरी कार्यालयलाई हेर्न ग¥थ्यो । मुलुक संघीयतामा गएसँगै कार्यालयको नाम संघीय प्रहरी इकाई कार्यालय राखिएको हो ।

बि.सं. २०६१ साल अघि तत्कालिन अंचल प्रहरी कार्यालयबाटै यातायात कार्यालयको सहकार्यमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको थियो । यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था २०६१ सालपछि यातायात कार्यालय लहानको मातहातलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com