ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने


bhawani desk
असार ५, २०७५ मंगलबार  ४ : ०८ बजे

पोखरा, ५ असार । प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।

प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको बजेटमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले सेवा प्रवाहमा पहुँच वृद्धि गरी स्थानीय तहबीच सन्तुलन कायम गर्न प्रदेशस्तरीय सडक सञ्जाल निर्माण गर्ने जनाएको छ ।

प्रदेश नं ४ को आर्थिक वर्ष २०७५÷७६ को कूल रु २४ अर्ब दुई करोड ३३ लाख बजेटमध्ये सडक पूर्वाधारका लागि मात्र रु तीन अर्ब ४७ करोड ३७ लाख छुट्याइएको छ जुन कूल बजेटको १४ प्रतिशत हो ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशमा रहेका ८५ वटा स्थानीय तहका वडा हुँदै प्रदेश राजधानी जोड्न पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १२ महिना यातायात सेवा पु¥याउने उद्देश्यका साथ रु दुई अर्ब छ करोड ६५ लाख विनियोजन गरिएको छ ।

प्रदेशको समृद्धि मार्गको रुपमा रहेको कोरला–पोखरा सडक खण्डको निर्माणमा सहजीकरण गर्दै प्रदेश गौरबको आयोजनाको रुपमा रहेको पोखरा –भिमाद–डेढगाउँ हुँदै दुम्कीबास द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनसहितको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com