ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास हुन : दक्षिण कोरिया


एबीसी न्यूज
असार ५, २०७५ मंगलबार   ७ : २२   बजे

सोल, दक्षिण कोरिया,  ५ असार ।  दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताउनुभएको छ ।

तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उहाँले बताउनुभयो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काङले भन्नुभयो, शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिने उहाँको भनाई रहेको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्य गर्न प्रतिवद्ध रहेको काङले बताउनुभयो ।

दक्षिण कोरियाका विदेश मन्त्रीले उत्तर कोरियाली समकक्षी रि योङ होसँग ‘आसियन रिजनल फोरम’ मा भेटवार्ता हुने विश्वास व्यक्त गर्नु भएको छ । जुन कार्यक्रम आउदो अगष्टको सुरुमा हुन लागेको छ ।

काङले ट्रम्प र किमको हटलाईन सेवालाई थप अगाडी बढाउने विषयमा पनि छलफल हुन लागेको स्पष्ट पार्नुभयो ।
गत हप्ता ट्रम्पले आफ्नो सिधा टेलिफोन नम्बर उत्तर कोरियाका सर्वोच्च नेता किमलाई दिएको बताउनुभएको थियो ।
“मैले उहाँलाई सिधै फोन गर्न सक्छु, मैले पनि उहाँलाई मेरो सिधा सम्पर्क दिएको छु, उहाँले कुनै अफ्यारो महसुस हुनासाथ फोन गर्न सक्नुहुने छ । हामी अव सञ्चार सम्पर्कमा रहने छौं,” अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो ।
ट्रम्प र किम बीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिंगापुरमा शिखर वार्ता भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group