ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प–किम सम्मेलन अनुमान गरिएभन्दा सफल : ट्रम्प


एबीसी न्यूज
जेष्ठ ३०, २०७५ बुधबार   ६ : २०   बजे
सिङ्गापुर, ३० जेठ ।  अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गनुभएको छ । 

सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध विस्तार, स्थायी शान्ति, युद्धबन्दीको खोजविन तथा रिहाइ लगायतका बिषयमा दुई नेताले प्रतिवद्धता जनाउनुभएको छ ।

सिङ्गापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि अधिक सफल सफल भएको बताउनुभयो ।

सहमतिको पहिलो बँुदामा दुई नेताले संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायःद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने बिषय सहमतिको दोस्रो बुँदा रहेको छ ।

उहाँहरूले सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायःद्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता जाहेर भएको छ ।

अन्तिम बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउनेतर्फ पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group