ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख


एबीसी न्यूज

Trump Kim Summit

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २९ जेठ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव गुथ्रेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने बिषयमा सफलता हासिल गर्न संयुक्त राष्ट्रसंघको सहयोग रहने बताउनुभएको छ ।

महासचिव गुथ्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात् कोशेढुङ्गा सावित हुनेछ ।”

मङ्गलबार भएको ट्रम्प–किम सम्मेलनमा दुवै देशका नेताले हस्ताक्षर गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा प्योङ्याङले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न प्रतिवद्धता जाहेर गरेको छ । यद्यपि वक्तब्यमा आणविक कार्यक्रमलाई नष्ट गर्ने प्रतिवद्धता जनाइए पनि ‘प्रमाणित’ भन्ने शब्दावली भने समावेश छैन ।
सम्मेलनपूर्व महासचिव गुथ्रेसले प्रमाणित रूपमा आणविक निशस्त्रीकरण हुनु सम्मेलनको निर्दिष्ट लक्ष्य हुनुपर्ने भन्दै यसमा अन्तर्राष्ट्रिय आणविक शक्ति निकाय (आइएइए)ले काम गर्ने बताउनुभएको थियो ।
उत्तर कोरियाले पत्रकारहरूको उपस्थितिमा आणविक परीक्षण केन्द्रको नष्ट गरिने बताउदै विदेशी सञ्चारमाध्यमलाई निमन्त्रणा पठाएपछि राष्ट्रसंघ प्रमुखले उक्त स्थानमा अन्तर्राष्ट्रिय विशेषज्ञलाई बोलाइनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com