ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी उपचारका लागि अस्पताल भर्ना


एबीसी न्यूज
जेष्ठ ३०, २०७५ बुधबार   ६ : १५   बजे

नयाँ दिल्ली (भारत), ३० जेठ ।  भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।

त्रियानब्वे वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना हुनुभएका वाजपेयीलाई अस्पतालमा नै पुगी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री मोदी र गान्धी दुबैजना अस्पतालमा नै पुगेर वाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझ्नु भएको थियो । उहाँहरूले पूर्वप्रधानमन्त्री वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।
ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति मङ्गलबार चिन्ता व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्नुभएको हो ।
स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उहाँको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ ।

स्टालिनले लेख्नुभएको छ, “ पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ ।”

मुख्य मन्त्री नाइडुले पनि आजै वाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गर्नुभएको छ । म पूर्व प्रधानमन्त्री वाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु ।

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले आज एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिइरहेको बताउनुभएको छ ।

प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सवै मुख्य मापदण्डहरू स्थिर छन् । उहाँ सङ्क्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।” वाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group