ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिखर वार्ता अमेरिकी मध्यावधि निर्वाचनमा भोट तान्ने अवसरका रूपमा ट्रम्पले प्रयोग गर्ने सम्भावना बढ्दो


एबीसी न्यूज
जेष्ठ २९, २०७५ मंगलबार   १० : १६   बजे

कोरियाली प्रायद्वीपको शान्तिमा चीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको शिखर वार्ताले झन्डै ६ दशक लामो कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने बाटो खोल्ने विश्वास लिइएको छ ।

१२ जुनमा हुने किम–ट्रम्प शिखर वार्तापश्चात् उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने उच्च सम्भावना छ । यस सन्दर्भमा दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरिया र अमेरिकासँग सम्पर्कमा रहेको जानकारी दिएको छ । सन् १९५३ मा भएको युद्धविराममा उत्तर कोरिया, चीन र अमेरिकी नेतृत्वको राष्ट्रसंघीय प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

यसकारण, चीनको संलग्नताविनै उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाले सन् १९५३ को युद्धविरामलाई नयाँ घोषणामार्फत प्रतिस्थापन गर्नु युक्तिसंगत हुँदैन । अन्तर्राष्ट्रिय कानुनलाई आधार मान्ने हो भने सम्पूर्ण हस्ताक्षरकर्ताको सल्लाह र सहभागिताबाट मात्र युद्धविरामलाई अन्य सम्झौताले प्रतिस्थापन गर्न सकिन्छ ।

यसको अर्थ बाँकी प्रक्रियाका लागि चीनको सहभागिता सुनिश्चित हुनुपर्छ पर्छ भन्ने हुन्छ । शान्ति प्रक्रियाका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सकारात्मक भूमिका खेलेका छन् । यद्यपि, दक्षिण कोरियाले अमेरिकासँग मिलेर गरेको सैन्य गतिविधिका कारण उत्तर कोरिया आशंकित बन्दै आएको थियोे ।

यद्यपि, गत २७ अप्रिलमा दुई कोरियाबीच भएको पान्मुनजोम घोषणा र किम–ट्रम्प शिखर वार्ता सफल बनाउन दक्षिण कोरियाले खेलेको भूमिकाले कोरियाली प्रायद्वीपको तनाव मत्थर पारेको छ । तर, किम–ट्रम्प शिखर वार्ताबाट सकारात्मक परिणाम आएको खण्डमा मात्र दक्षिण कोरियाको प्रयासले सार्थकता पाउनेछ ।

ट्रम्पको अविश्वसनीय शैलीका कारण शिखर वार्ता भाँडिने अवस्थामा पुगिसकेको थियो । अन्ततः फेरि वार्तामा बस्ने निर्णय ट्रम्पले गरे । यद्यपि, अझै पनि ट्रम्पलाई आँखा चिम्लेर विश्वास गर्ने अवस्था छैन । अमेरिकी मध्यावधि निर्वाचनमा भोट तान्ने अवसरका रूपमा यस वार्तालाई ट्रम्पले प्रयोग गर्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

तर, चीनको सहभागिताविना कुनै पनि हालतमा शान्ति–सम्झौता गरिनु हुँदैन । कोरियाली मामिलामा चीनलाई अलग्याउन हुँदैन । ट्रम्प–किम वार्ताको वातावरण बनाउन चीनले महत्वपूर्ण भूमिका खेलेको छ । साथै, वार्ताका माध्यमबाट परमाणु हतियारसम्बन्धी मुद्दाको समाधान गर्न उत्तर कोरिया र अमेरिलाई चीनले सधैँ दबाब दिँदै आएको छ । कोरियाली प्रायद्वीपमा संकट आउँदा आफ्नो सुरक्षालाई प्रभावित गर्ने भएकाले वार्ताबाटै समाधान खोज्ने पक्षमा चीन छ ।

दक्षिण कोरिया र अमेरिकाले फेरि पनि कुनै छल नगरून् भन्नका लागि चीन सतर्क हुनु अवश्यक छ । चीनको भूमिकालाई छायामा पार्न दक्षिण कोरिया र अमेरिकाले सन् १९५३ को कोरिया युद्धविरामलाई देखावटी घोषणाले प्रतिस्थापन गर्न सक्ने खतरा छ ।

तर, चीनको सहभागिताविनै उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाले युद्धविरामलाई प्रतिस्थापन गर्दै नयाँ सम्झौता गरेको खण्डमा त्यस्तो सम्झौतालाई अस्वीकार गर्ने अधिकार चीनसँग रहनेछ ।

(लेखक चीनको लियाओनिङ एकेडेमी अफ सोसल साइन्सका शोधकर्ता हुन्) ग्लोबल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group