ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोमा परी ६० जनाको मृत्यु, १२ जना वेपत्ता


admin
श्रावण २९, २०७४ आईतबार  ७ : ३४ बजे

काठमाडौं, २९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी धेरै मानिसले ज्यान गुमाइसकेका छन् । अझै कति त वेपत्ता नै छन् । अझै पनि वर्षा नरोकिने हो भने फेरी पनि जन र धनको क्षति हुने सम्भावना बढी हुन्छ । अहिलेसम्म ६० जनाभन्दा धेरै मानिसले बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाइसकेका छन् भने १२ जना घाइते तथा १२ जना बेपत्ता छन् ।

सिन्धुलीमा चार जनाको मृत्यु
अविरल वर्षा सुरु भएसिछ सनिबार विहान सिन्धुलीमा चार जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३७ वर्षीया दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेका छन् । मृतक चारै जनाको सनिबार नै दाहसंस्कार गरिएको छ ।

सुनसरीमा १० जनाको मृत्यु ६ वेपत्ता
सुनसरीको इटहरी उपमहानगरको वडा नम्बर ४, ९ र १० का १० जनाको मृत्यु भएको छ । बाढीमा परेर अरु ६ जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि स्थानीय टेंग्रा, शेरा र बुढी खोलामा आएको बाढी वस्तीमा पस्दा १० जनाको मृत्यु भएको हो । त्यस्तै, ६ जना वेपत्ता रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

मोरङमा ७ जनाको मृत्यु ६ वेपत्ता
निरन्तरको वर्षाका कारण मोरङमा ४ जना महिला र ३ जना पुरुष गरि ७ जनाको मृत्यु भएको छ भने २ पुरुष र ४ महिला गरि ६ जना वेपत्ता छन् । मुत्यु हुनेमा ३६ वर्षकि गोपीमाया तामाङ, ७५ वर्षकी बुद्धीमाया लिम्बु, ३२ वर्षका गंगाराम खतिवडा, ५६ बर्षका मिनबहादुर थापा र नाम नखुलेका २ महिला र १ जना पुरुष रहेका छन् ।

झापामा ५ जनाको मृत्यु
झापामा ३ महिला र २ जना पुरुष सहित पाँच जनाको मृत्यु भएको छ । झापा गाउँपालिकाका ३५ वर्षीय धनमाया घोरसाइने र उनकी छोरी, सोही गाउँपालिकाका कमला दर्लामीको मृत्यु भएको छ । त्यस्तै, शिवसताक्षी नगरपालिकाका लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका २२ बर्षिय राम राजवंशीको मृत्यु भएको हो ।

रौतहटमा ६ जनाको मृत्यु
बाढिले बाटो कटान गरेको स्थानमा जीप दुर्घटना हँुदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । २८ वर्षिय गर्भवती श्रीमतीलाई अस्पताल लैजाने क्रममा लौकाहा निवासी चन्दन यादबको परिवारका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा आमा सुमित्रा देबी, ५ बर्षिय छोरी छोटु कुमारी, भतिजा सरोज यादब र भाउजु ललिता देबी रहेका छन् । उनीहरु चढेको जिप बाढीले कटान गरेको बाटोमा दुर्घटना भएको थियो ।

पश्चिम तराई र पहाडी क्षेत्रमा मानविय क्षति
दाङमा ४८ वर्षिय भगवती सुनारको बाख्रा जोगाउने क्रममा मृत्यु भएको छ । त्यस्तै, ५८ वर्षिय नरबहादुर रावल र ३२ वर्षिय एक पुरुषको मृत्यु भएको छ भने अधिक वर्षापछि सडकबाट बस पल्टदा ११ जना घाइते भएका छन् । त्यसैगरी, बाँकेमा ४ जनाको मृत्यु भएको छ । वर्षापछि घर भत्कदा एकै परिवारका तीन जनाको मृत्यु भयो भने एक पुरुषको सव फेला परेका छ । अविरल वर्षाका कारण तराई र केही पहाडी जिल्लाहरुमा समेत धेरैले ज्यान गुमाएका छन् । पाल्पाको तानसेनमा पहिरोमा परि ४० वर्षिय श्याम श्रेष्ठको मृत्युभएको छ । त्यस्तै, सर्लाहीमा २ जनाको मृत्यु भएको छ भने बारामा १ जनाको मृत्यु भएको छ । सुर्खेतमा ३ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको सिन्दुरेमा घर माथिको ढिस्को खस्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । १ जनाको भने जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ८३ बर्षिय गुमानसिं बुढा, १४ बर्षका बालक विक्रम बुढा र १२ बर्षका बालक शरद बुढा रहेका छन् ।

एकै परिवारका ७ जनाको मृत्यु
मकवानपुरमा पहिरोमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ । बकैया गाउँपालिकाको अम्बासबोसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जनाको पुरिएर मृत्यु भएको हो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकासको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com