काठमाडौं, २९ साउन । लगातारको अविरल वर्षा पछिको बाढी, पहिरो र ढुवानमा परि अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ ।
गृमन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४ र ४, सर्लाही, पाँचथर र बाँकेमा ३र३, बारा र दाङमा २ र २, पाल्पा, बर्दिया र मकवानपुरमा एक/एक जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी केही मानिस हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन । लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई उद्दारमा समस्या भएको भन्दै गृह मन्त्रालयले उद्दार कार्यमा खटिन सबैसँग आग्रह गरेको छ । लगातारको वर्षाका कारण विशेष गरी पूर्वी तराईका जिल्लामा बढी प्रभाव परेको छ । तराईका अधिकांस जिल्लाहरुमा संचार सम्पर्क टुटेको छ । बिजुलीमा समेत समस्या आउँदा विद्युत र संचार अवरुद्ध भएको हो ।








प्रतिक्रिया दिनुहोस्