ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैकल्पिक ऊर्जा एक मात्र विकल्प : मुख्यमन्त्री शाही


एबीसी न्यूज
जेष्ठ १८, २०७५ शुक्रबार  १० : ३५ बजे

सुर्खेत, १८ जेठ ।   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यो कुरा बताउनुभएको हो ।

कार्यक्रममा उहाँले यो प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण नहुञ्जेलसम्म विद्युतीकरणको एकमात्र विकल्प वैकल्पिक ऊर्जा रहने औँल्याउनुभयो ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका कर्णालीका विभिन्न स्थानमा वैकल्पिक ऊर्जाको विशेष कार्यक्रम सञ्चालन गर्न उहाँले प्रवद्र्धन केन्द्रलाई आग्रह गर्नुभयो । तत्काल विद्युतीकरणको आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा विकासमा जोड दिएर राजधानी वीरेन्द्रनगरलगायत सबैतिर विद्युतीकरण गर्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो “कर्णाली २३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएको प्रदेश हो, यद्यपि यसका लागि बन्ने मेगा परियोजना अहिले नै निर्माण हुने स्थिति छैन ।” उहाँले वैकल्पिक ऊर्जाको उपभोगमार्फत खानेपानी, सिँचाइ र विद्युतीकरणका समस्या समाधान हुने र उत्पादन वृद्धि गर्नसमेत सकिने बताउनुभयो ।

कर्णाली प्रदेशमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत जनताको समस्या हल गर्नका लागि प्रदेश सरकारसमेत लगानी गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले गुणस्तरीय र दिगोरुपमा काम गर्न वैकल्पिक ऊर्जा केन्द्रलाई आग्रह गर्नुभयो ।

प्रदेश राजधानी सुर्खेतमा तत्काल एक मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई आग्रह गर्नुभयो । प्रदेश राजधानीमा विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्रदेश सरकारको कार्यसम्पादनमा असहजता भएको बताउँदै उहाँले भन्नुभयो, “प्रदेशसभा र मन्त्रालयमा विद्युत् नहुँदा काम गर्न गाह्रो छ, तत्काल सौर्य विद्युत् प्रणाली स्थापनामा केन्द्रले सहयोग पु¥याओस् ।”

कार्यशाला गोष्ठीमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, पूर्वमन्त्री एवं सांसद यमलाल कँडेल र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललगायतले देशका सात प्रदेशमध्ये कर्णाली प्रदेशलाई नै ऊर्जा विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com