काठमाडौं, १७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सह–सचिवको खुला प्रतिस्पर्धाबाट बढुवा भएका छ जनाको पदस्थापन र तीनजना सह–सचिवको सरुवा गरेको छ ।
खुलाबाट सहसचिवमा वढुवा भएका ६ जनामध्ये गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, मुक्तिप्रसाद पाण्डेलाई प्रदेश ४ को आर्थिक मामिला तथा योजना मन्त्रालय, टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिका, आनन्द सारु मगरलाई तुलसीपुर उपमहानगरपालिका, रुद्रादेवी शर्मालाई प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सन्तबहादुर सुनारलाई धनगढी उपमहानगरपालिकामा पदस्थापन गरिएको छ ।
त्यसैगरी मन्त्रालयले प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्रालयका विष्णुराज ढकाललाई प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश ७ को भौतिकपूर्वाधार विकास मन्त्रालयका राजनराज पाण्डेलाई प्रदेश प्रदेश ७ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथा जल तथा ऊर्जा आयोगका इन्द्रदेव भट्टलाई प्रदेश ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्