ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ऐन कार्यसूचीबाट हटाइएकोमा आपत्ति


admin
श्रावण २७, २०७४ शुक्रबार   १ : ०२   बजे

काठमाडौँ, २७ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकको सुरुमै सांसदहरुले सरकारले सहकारी ऐन कार्यसूचीमा प्रवेश गराएर पनि फिर्ता भएको भन्दै आपत्ति जनाएका छन् ।

सभामुख ओनसरी घर्तीसँग समय मागेर उनीहरुले मुलुकको अर्थतन्त्रको प्रमुख आधार तथा तीन खम्बे अर्थनीतिको एक खम्बाको रुपमा रहेका सहकारीलाई सरकारले ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मुलुकभर ६० लाख सहकारी सदस्य रहेको र कुल गार्हस्थ्य उत्पादनमा चार प्रतिशतको योगदान पु¥याएको र एक लाखलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको क्षेत्रलाई ध्यान नदिइएको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।

सदनको बैठकको कार्यसूचीमा सहकारी ऐन प्रस्तुत भए पनि फिर्ता भएकोमा उनीहरुको आपत्ति थियो । सांसद पशुपति चौलागाईंले सहकारी ऐन तत्काल सदनमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

नागरिकको भौतिक सम्पत्तिको रक्षा गर्न आग्रह 
काठमाडौँ उपत्यकामा सडक विस्तारको क्रममा नागरिकको सम्पत्तिमाथि सरकारले धावा बोलेको भन्दै सांसद विक्रमबहादुर थापाले आपत्ति जनाउनुभयो ।

उहाँले सडक किनारमा रहेका र सडक विस्तारमा परेका जनताको घर जग्गा लिनै पर्ने भए उचित मुआब्जा दिन र उनीहरुको हकअधिकार प्रदान गर्नका लागि उचित कदम चाल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा नेपाली नागरिकले पाएको दुःख र ज्यादतिको समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सांसद थापाले नेपालको सीमा मिचिएको विषयमा समेत भारत सरकारसँग प्रष्ट कुरा गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न तत्काल बजेट परिचालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अशोककुमार मण्डलले तराई– मधेसका विभिन्न जिल्लामा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद डिम्पलकुमारी झाले सप्तरीको दर्जनाँै बस्ती डुबानमा परे पनि सरकारी निकायले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिन कुनै पहल नगरेकोमा गुनासो व्यक्त गर्दै मुग्लिन नारायणगढ सडक खण्डको दुरावस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रीप्रसाद जगेबुले पाँचथरको विभिन्न स्थानमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद तारिणीदत्त चटौतले आमरण अनशनरत प्राडा गोविन्द केसीले उठाउनुभएको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद चुडामणि विक जंगलीले फेवातालले चर्चेका जग्गा भूमाफियाले अतिक्रमण गरेको भए पनि अतिक्रमणकारीलाई कारबाही गर्नेतर्फ ध्यान नदिइएको बताउँदै नेपालको गहनाका रुपमा रहेको फेवाताललाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्न र पर्यटकीय क्षेत्रको अतिक्रमणलाई हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय

यस्तै शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उनीहरुले प्राडा गोविन्द केसीको अनशनका कारण परेको प्रभाव, नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचार, अस्थायी शिक्षकको जारी अनशनलगायतका विषयमा सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

यसरी ध्यानाकर्षण गराउने सांसदहरुमा कृपाराम राना, कृपासुर शेर्पा, कृष्णभक्त पोखरेल, गोमा कुँवर, गौरीकुमारी ओली, चन्द्रकान्त भण्डारी, जगदिश्वरनरसिंह केसी, जीवनबहादुर शाही, तप्तबहादुर विष्ट, डिल्लीप्रसाद काफ्ले, तुलसा रानालगायत हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group