ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो स्वाइन फ्लू ? स्वान फ्लू लाग्दैमा ज्यान जान्छ ? (भिडियो)


admin

काठमाडौं, २७ साउन । स्वाइन फ्लू, इन्फ्लूएञ्जा–ए अर्थात मौसमी रुघाखोकी सामान्य संक्रमण हो । तर, सामान्य संक्रमणबाट पनि धेरैले ज्यान गुमाइसकेका छन् । यो वर्ष मात्र देशका विभिन्न स्थानका १० जनाले ज्यान गुमाइसके । संक्रमीतको संख्या समेत बढेको छ । वर्षायाममा फोरमैला बढी हुने भएकाले पनि इन्फ्लूएञ्जा संक्रमतिको संख्या बढेको हुनसक्छ । मृतक र संक्रमितको संख्या बढ्न थालेपछि सरोकारवालाले स्वानइ फ्लू नियन्त्रण बाहिर गएको दावी गरेका छन् ।

स्वानइ फ्ल् अर्थात मौसमी रुघाखोकीलाई सामान्य संक्रमणकै रुपमा व्याख्या गरिएको छ । धेरैले यो नियन्त्रणभन्दा बाहिर गइसकेको बताएका छन् । तर, सरकारले भने मौसमी रुघोखोकी निणन्त्रण बाहिर नगएको दावी गरेको छ । बिहिबार संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संक्रमितको संख्या बढी रहेतापनि नियन्त्रण बाहिर नरहेको दावी गरेका हुन ।

सरकारले इन्फ्लूएञ्जा–ए को संक्रमण नियन्त्रण बाहिर नरहेको दावी गरे पनि यो वर्ष मात्र यो संक्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् । सरुवा रोग नियन्त्रण महाशाखा अन्तरगतको इपीडीमियोलोजी शाखाका अनुसा यो वर्ष पोखराका ३ र झापामा २ र स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं र ललितपुरका एक/एक जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म परिक्षण गराएका मध्ये देशभरका ५ सय जनामा इन्फ्लूएञ्जाको संक्रमण भेटिएको महाशाखाका स्वास्थ्य प्रवन्धक गुणनीधि शमाले जानकारी दिएका छन् ।

सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार वालबालिका, वृद्धवृद्धा, गर्भवती र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुमा इन्फ्लूएञ्ज–ए को संक्रम बढी हुने गरेको छ । यस वर्ष इन्फ्लूएञ्ज–ए बाट ज्यान गुमाउनेहरु पनि वालबालिका र वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु रहेको मशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा समेत इन्फ्लूएञ्जा–ए बाट संक्रमितको संख्या बढ्दो छ । यस अघि नै काठमाडौं र ललितपुरमा एक/एक जनाले ज्यान गुमाइसकेका छन् । वर्षायाम सुरु भएपछि टेकुमा रहेको सुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा मात्रै दैनिक १५ जनाको हारहारीमा इन्फ्लूएञ्जा संक्रमित भेटिने गरेको अस्पतालका चिकित्सक शेरबहादुर पुन बताउँछन् ।

सरकारले इन्फ्लूएञ्जा–ए नियन्त्रण बाहिर नरहेको बताए पनि दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । वर्षायाम बाँकी नै रहेकाले अझै पनि संक्रमितको संख्या बढ्न सक्छ । स्याङजाको वालिङ लगायतका क्षेत्रमा यो संक्रमणले महामारीकै रुप लिइसकेको छ । अन्य क्षेत्रमा समेत यसले महामारीको रुप लिन सक्छ । महामारीकै रुप लियो भने धेरै मासिनको ज्यान जान सक्छ । त्यसैले सरकारले समयमै इन्फ्लुएञ्जा संक्रमण रोक्न विशेष गहल गर्नु पर्छ ।

वर्षायाममा बढी फोहोर मैला हुने भएकाले स्वभाविक रुपमा रुघाखोकी र झाडापाखालाको संक्रमण बढी हुने गरेको छ । इन्फ्लूएञ्जाको संक्रमण पनि वर्षायाममै बढी फैलने गरेको छ । सरकारले इन्फ्लूएञ्जा नियन्त्रणमै रहेको बताए पनि ढुक्क हुने अवस्था छैन । किनकी, दिनानु दिन इन्फ्लूएञ्जा संक्रमितको संख्या बढ्दो । तर, इन्फ्लूएञ्जाको संक्रमणबाट बच्नका लागि सर्वसाधारणले नै विषेश सावधानी अपनाउनु पर्ने देखिन्छ । किनकी, स्थास्थ्य संस्था भनेको विरामी भए पछि उपचार गर्ने निकाय मात्र हो ।

त्यसैले रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम हुनेछ । इन्फ्लूइञ्जा समान्य संक्रमण हो । तर, आम नागरिकलाई यो संक्रमणबाट कसरी बच्ने भन्ने थाहा छैन । त्यसैले, यो संक्रमणबाट मानिसले ज्यानै गुमाउने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com