ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो स्वाइन फ्लू ? स्वान फ्लू लाग्दैमा ज्यान जान्छ ? (भिडियो)


admin
श्रावण २७, २०७४ शुक्रबार   १० : २६   बजे

काठमाडौं, २७ साउन । स्वाइन फ्लू, इन्फ्लूएञ्जा–ए अर्थात मौसमी रुघाखोकी सामान्य संक्रमण हो । तर, सामान्य संक्रमणबाट पनि धेरैले ज्यान गुमाइसकेका छन् । यो वर्ष मात्र देशका विभिन्न स्थानका १० जनाले ज्यान गुमाइसके । संक्रमीतको संख्या समेत बढेको छ । वर्षायाममा फोरमैला बढी हुने भएकाले पनि इन्फ्लूएञ्जा संक्रमतिको संख्या बढेको हुनसक्छ । मृतक र संक्रमितको संख्या बढ्न थालेपछि सरोकारवालाले स्वानइ फ्लू नियन्त्रण बाहिर गएको दावी गरेका छन् ।

स्वानइ फ्ल् अर्थात मौसमी रुघाखोकीलाई सामान्य संक्रमणकै रुपमा व्याख्या गरिएको छ । धेरैले यो नियन्त्रणभन्दा बाहिर गइसकेको बताएका छन् । तर, सरकारले भने मौसमी रुघोखोकी निणन्त्रण बाहिर नगएको दावी गरेको छ । बिहिबार संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संक्रमितको संख्या बढी रहेतापनि नियन्त्रण बाहिर नरहेको दावी गरेका हुन ।

सरकारले इन्फ्लूएञ्जा–ए को संक्रमण नियन्त्रण बाहिर नरहेको दावी गरे पनि यो वर्ष मात्र यो संक्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् । सरुवा रोग नियन्त्रण महाशाखा अन्तरगतको इपीडीमियोलोजी शाखाका अनुसा यो वर्ष पोखराका ३ र झापामा २ र स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं र ललितपुरका एक/एक जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म परिक्षण गराएका मध्ये देशभरका ५ सय जनामा इन्फ्लूएञ्जाको संक्रमण भेटिएको महाशाखाका स्वास्थ्य प्रवन्धक गुणनीधि शमाले जानकारी दिएका छन् ।

सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार वालबालिका, वृद्धवृद्धा, गर्भवती र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुमा इन्फ्लूएञ्ज–ए को संक्रम बढी हुने गरेको छ । यस वर्ष इन्फ्लूएञ्ज–ए बाट ज्यान गुमाउनेहरु पनि वालबालिका र वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु रहेको मशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा समेत इन्फ्लूएञ्जा–ए बाट संक्रमितको संख्या बढ्दो छ । यस अघि नै काठमाडौं र ललितपुरमा एक/एक जनाले ज्यान गुमाइसकेका छन् । वर्षायाम सुरु भएपछि टेकुमा रहेको सुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा मात्रै दैनिक १५ जनाको हारहारीमा इन्फ्लूएञ्जा संक्रमित भेटिने गरेको अस्पतालका चिकित्सक शेरबहादुर पुन बताउँछन् ।

सरकारले इन्फ्लूएञ्जा–ए नियन्त्रण बाहिर नरहेको बताए पनि दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । वर्षायाम बाँकी नै रहेकाले अझै पनि संक्रमितको संख्या बढ्न सक्छ । स्याङजाको वालिङ लगायतका क्षेत्रमा यो संक्रमणले महामारीकै रुप लिइसकेको छ । अन्य क्षेत्रमा समेत यसले महामारीको रुप लिन सक्छ । महामारीकै रुप लियो भने धेरै मासिनको ज्यान जान सक्छ । त्यसैले सरकारले समयमै इन्फ्लुएञ्जा संक्रमण रोक्न विशेष गहल गर्नु पर्छ ।

वर्षायाममा बढी फोहोर मैला हुने भएकाले स्वभाविक रुपमा रुघाखोकी र झाडापाखालाको संक्रमण बढी हुने गरेको छ । इन्फ्लूएञ्जाको संक्रमण पनि वर्षायाममै बढी फैलने गरेको छ । सरकारले इन्फ्लूएञ्जा नियन्त्रणमै रहेको बताए पनि ढुक्क हुने अवस्था छैन । किनकी, दिनानु दिन इन्फ्लूएञ्जा संक्रमितको संख्या बढ्दो । तर, इन्फ्लूएञ्जाको संक्रमणबाट बच्नका लागि सर्वसाधारणले नै विषेश सावधानी अपनाउनु पर्ने देखिन्छ । किनकी, स्थास्थ्य संस्था भनेको विरामी भए पछि उपचार गर्ने निकाय मात्र हो ।

त्यसैले रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम हुनेछ । इन्फ्लूइञ्जा समान्य संक्रमण हो । तर, आम नागरिकलाई यो संक्रमणबाट कसरी बच्ने भन्ने थाहा छैन । त्यसैले, यो संक्रमणबाट मानिसले ज्यानै गुमाउने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

कूटनीतिक सीमा नाघ्दै रवि: दिल्लीको भूमिमा तेस्रो मुलुकका दूतसँगको भेट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group