ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ गणतन्त्र दिवस : “गरीबको झुपडी कहिले बन्ने हो ?”


एबीसी न्यूज
जेष्ठ १४, २०७५ सोमबार  १२ : २० बजे

– प्रकाश सिलवाल

काठमाडौँ, १४ जेठ

“सिमली छायाँमा बसी भरिया लामो सास फेरेको ।
उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको
छोराछोरी पालेताले यै भारीको भरमा
जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म
वैशाखको धुपमा पनि सुख पाइन मैले
साउनको बाढी पहिरो भन्न पाइन मैले
निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो
सिमली छायाँमा …”

जनकलाकारले परिवर्तन र स्वतन्त्रताका लागि आफ्ना गीत सिर्जना गर्छन् । उनीहरु केवल स्वान्त सुखायका लागि लेख्दैनन् । जनता जगाउने गीतले सामाजिक वेदना र यथार्थलाई पस्किएका हुन्छन् र मानिसलाई मुक्तिको चाहना अभिव्यक्त गरिरहेका हुन्छन् । त्यसैले होला, धेरै पटक यो गीत गाइसकेका जनकलाकार जीवन शर्मालाई आजभोलि आफ्नो ‘सिमली छायाँमा बसी’… गीत असान्दर्भिक भइदिए हुन्थ्यो भन्ने लाग्छ । आफ्नै गीतप्रति शर्माको यो अरुचिको अर्थ भारी बोक्ने भरियाको जीवन कायाकल्प होस् भन्ने देखिन्छ ।

गणतन्त्र दिवसका लागि मूल समारोह समितिले आजदेखि त्रिदिवसीय कार्यक्रमको थालनी गरेका बेला गायक शर्माले रासससँग भन्नुभयो, “समृद्धिका कुरा सुनिन थालिएको छ, अबको पाँच वर्षमा भरियाको जीवन र भौतिक अवस्थामा परिवर्तन आओस् ।” राष्ट्रियता र जनजीवनलाई सिर्जनामा उतारेर लोकतान्त्रिक गणतन्त्रको आन्दोलनका लागि र हालसम्म निरन्तर प्रस्तुति शर्माका विचारमा गणतन्त्रमा आशा गर्ने केही ठाउँ त छ तर हरेक क्षेत्रमा विचौलिया र दलालहरु हावी भई गरिखाने दुःखी किसानलाई सधैँ घाटा भइरहेकाले उनीहरुको जीवनस्तर माथि उठ्न सकेको छैन ।

तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलको नेतृत्वमा २०६२÷६३ मा भएको लोकतान्त्रिक जनआन्दोलनबाट पुनःस्थापित संसद्को २०६३ जेठ १५ को बैठकले २४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको घोषणा गरेको थियो । आन्दोलनको समर्थनमा लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलगायत संस्थाहरुले साहित्यिक र सांस्कृतिक अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा स्रष्टाहरुले कफ्र्यु तोड्ने र जेल, नेल पनि भोगेका थिए । दोस्रो संविधानसभाबाट २०७२ असोज २ गते नेपालको संविधान जारीपछि गणतन्त्र संस्थागत भएको छ भने मुलुक विकास, स्थिरता र सुशासनका साथै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ ।

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रममा जनगायक बद्री पङ्गेनीले गाउनुभएको थियो ः

“कहिले आउँछ पिएमज्यू सिगात्सको रेल
भर्न मन छ पिएमज्यू चाइनाको तेल
गरीबको झुपडी कहिले बन्ने हो
डोल्पामा मोटरबाटो कहिले बन्ने हो ।
अब त मिलेर अघि बढ्ने हो
मधेशको जायज माग पूरा गर्ने हो ।”

गणतान्त्रिक आन्दोलनका लागि लोकप्रिय गीत गाएर साथ दिएका र जनतामा सधैँ समृद्धिको सपना र चेतना फैलाउने लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पङ्गेनीका ती गीतहरु अहिले पनि सान्दर्भिक छन् ।

प्रधानमन्त्री ओलीको आशन्न चीन भ्रमणमा ती विषयमा छलफल हुने अपेक्षा गरिएका बेला पङ्गेनी भन्नुहुन्छ, “गणतन्त्रमा हुने खाने र पहुँचवालालाई उन्मुक्त स्वतन्त्रता भयो । गिट्टी कुट्ने, हलो जोत्नो र काम गरेर परिवार पाल्नेहरुका लागि अझै गणतन्त्रले परिवर्तन दिन सकेको छैन । समृद्ध नेपाल, सुखी नेपालीको सपना बोकेको सरकारले अब ती जनतालाई परिवर्तनको अनुभूति दिन सक्नुपर्छ ।”

गायिका राधिका हमाल गणतन्त्रको स्थापनाले मानिसहरुमा स्वतन्त्रताको पर्याप्त अनुभूति भएको र मुलुक विकासको गतिमा लम्किरहेकामा निराश हुनु नपर्ने बताउनुहुन्छ ।

जनचेतना र मनोरञ्जनका गीतमा लोकप्रिय गायिका हमाल भन्नुहुन्छ, “गणतन्त्र कतिपयका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् पनि भएको हुन सक्छ तर आममानिसका लागि यसले आशाको सञ्चार गराएको छ, यसलाई संस्थागत गर्न लाग्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनयुद्ध दिवसः राजनीतिक उपलब्धि ठूला, जनजीवनमा परिवर्तन अझै अपूर्ण

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com