ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गोरे’को बैंक खाता नेपालमै भेटिएन


admin

काठमाडौं, ७ जेठ । त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य नाइके मानिएका चुडामणि उप्रेती गोरेको नेपालका कुनै पनि बैंकमा खाता नभएको तथ्य खुलेको छ ।

सोही प्रकरणबारे छानबिन गर्न बनेको मन्त्रीपरिषद्को उच्चस्तरीय समितिको अनुसन्धानले ‘गोरे’को कुनै बैंकमा खाता नभेटेपछि बैंकिङ कारोबार नगरी ‘गोरे’ले करोडौं रकम चलाएको पुष्टी भएको हो।

काठमाडौं, झापालगायत ठाउँमा सुनको कारोबार गर्न कार्यालय खोलेका, कारोबार हेर्न लेखापाल नै राखेका र पैसा गन्न मेसिनसमेत राखेका ‘गोरे’को बैंकमा खाता नभेटिएपछि समिति सदस्य नै आश्चर्यमा परेका छन्।

तस्करीको पैसा घरघडेरीमा करोडौ लगानी गरेका गोरेले बैंक खाता बिनै कसरी कारोबार गरे?
स्रोत भन्छ, ‘गोरेले अन्तर्राष्ट्रिय डलर कार्ड खाता प्रयोग गरेको हुन सक्छ।’

स्रोतका अनुसार ‘गोरे’ले केही समयअघि मात्र काठमाडौंको गौरीघाटमा एक भव्य बंगला बनाएका थिए।

बंगलाभित्र बियर बारदेखि रिमोट कन्ट्रोलबाट खुल्ने ढोका जडान गरिएको थियो। सो घर केही समयअघि उनले ५ करोडमा एक जग्गा कारोबारीलाई बेचेका थिए। नजिकै ‘गोरे’को अर्को घर पनि छ।

‘गोरे’ले सोह्रखुट्टे क्षेत्रमा १७ आना जग्गा बुवाका नाममा किनेको फेला परेको छ। प्रतिआना ४२ लाखका दरले किनिएको सो जग्गा समितिले रोक्का गरेको छ।

‘गोरे’ले पूर्वका विभिन्न स्थानमा पनि जग्गामा लगानी गरेको भेटिएको छ।

‘गोरे’ले सहयोगी माधव घिमिरेका नाममा मोरङको मेक्लाजुङमा १ करोड ७६ लाखमा २६ कट्ठा जग्गा किनेको समितिको अनुसन्धानमा देखिएको छ।

श्रीमती, सासू र अन्य आफन्तका नाममा ‘गोरे’ले केही सम्पत्ति जोडेको खुलेको छ।

उप्रेतिको नाममा कुनै बैंक खाता र सम्पत्ति नभेटिएपछि समितिले उनका नातेदार र सहयोगीको सम्पत्ति खोजी र लगानीमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com