ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय विमानस्थल आजबाट २१ घण्टा सुचारु


एबीसी न्यूज
जेष्ठ ७, २०७५ सोमबार  ९ : ०६ बजे

काठमाडौं, ७ जेठ। हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारबाट दैनिक २१ घण्टा संचालन हुने भएको छ ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार आज सोमवार बाट विहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ । अब विगतको जस्ता समस्या नहुने भएको छ ।

देशको एक मात्र अन्तराष्ट्रिय विमान स्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको क्षेत्रीले बताए । उनका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com