ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपेक्स बैंक घोटालामा मुछिएका एक सय ४८ विरुद्ध मुद्धा दायर,


admin
जेष्ठ ६, २०७५ आईतबार  ४ : २७ बजे

काठमाडौं, ६ जेठ । तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकबाट भएको करिब एक अर्ब रुपैंया घोटाला प्रकरणमा मुछिएका अभियुक्तहरु विरुद्ध अदालतमा मुद्धा दायर भएको छ। सिआइबीले घोटालामा संलग्न एक सय ४८ जना विरुद्ध पाटन उच्च अदालतमा बुधबार बैंकिङ कसुर मुद्दा दायर गरेको हो ।

सिबिआईले एक सय २७ जनालाई फरार अभियुक्त बनाउँदै सो मुद्धा दायर गरेको हो । २ महिना लामो अनुसन्धानपछि सिआइबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा बुझाएको छ।

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको बताइए पनि करिब ५३ करोड रुपैयाँ बैंकले धितोको लिलामीबाट उठाइसकेकाले संस्थालाई हानि पुगेको रकम बराबरको बिगो दाबी गरिएको हो। एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।

यस्तो थियो घोटाला प्रकरण

एनसीसी बैंकसँग मर्जर प्रक्रियामा गएपछि तत्कालिन समितिले करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो ।

करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको अनुसन्धानमा खुलेको थियो । यो बैंकिङ ठगी हालसम्मकै सबैभन्दा बढी रकम अपचलन भएको घटना भएको प्रहरी दाबी छ ।

घोटालामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिनाअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला १३ जनालाई पक्राउ गरेको थियो ।

 

सिआइबीले तत्कालीन सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठलाई पक्राउ गरी यसअघि नै मुद्दा दायर गरिसकेको छ।

तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठलाई पनि पक्राउ गरी मुद्दा दायर गरिएको छ। त्यस्तै, गलत मूल्यांकन गर्ने नरेश स्वाँर र ऋणि घनश्याम घिमिरे पनि पक्राउ परेका छन्।

दोस्रो चरणको अनुसन्धान पनि हुन सक्ने

तत्कालीन एपेक्स बैंकको घोटाला सम्बन्धी थप सूचनाहरु आएको र दोस्रो चरणको अनुसन्धान पनि हुने सिआइबीले जनाएको छ।

८५ वटा कर्जा प्रवाहमा अनियमितता भएको र त्यसमा थप व्यक्तिहरुको संलग्नतातर्फ अनुसन्धान भइरहेकाले प्रतिवादीहरुको संख्या थपिन सक्ने सिआइबीका डिएसपी श्याम ओलिया बताउँछन्।

कतिपयको ठेगाना खुल्न नसकेकाले उनीहरु विरुद्ध पूरक अभियोजन पेश गर्ने सिआइबीको तयारी छ।

बैंकको नेपालगन्ज, सुर्खेत र इहटरी शाखामा भएको अनियमितताबारे पनि छुट्टै अनुसन्धान हुने भएको छ।

मुख्य नाइकेहरु अमेरिकामा

घोटालामा संलग्न प्रमुख व्यक्तिहरु भने अमेरिका पुगिसकेका छन्। तत्कालीन सिइओ गोविन्द उपाध्याय र सञ्चालक वसन्त मल्ल अमेरिका पुगेका छन्। अनुसन्धान सुरु भएलगत्तै उनीहरु अमेरिका भागेका हुन्।

त्यस्तै, तत्कालीन सञ्चालकहरु प्रदीपकुमार कर्माचार्य, रीतावादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ, क्षेत्रबहादुर थापा, त्रिपुरेश्वर त्रिपाठी पनि फरार नै छन्। विदेश भागेकालाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइने सिआइबीका अधिकारीहरु बताउँछन्।

घोटालाका यी हुन् १ सय २७ जना फरार अभियुक्त

लेखनाथ खनाल, उमेशचन्द्र गोतामे, बिटु घले, लिला खनाल, भैरव बहादुर भेटवाल, सुरेश मालाकार, बिना श्रेष्ठ, रितेशराज भण्डारी, गोपाल श्रेष्ठ, सीताराम पाण्डे, भीमबहादुर सार्की, सुनिल कुमार सिंह, दिपक कुमार ठकुरी, शीतल शर्मा, गोपालबाबु श्रेष्ठ, सुबास दाहाल, दिक्षा श्रेष्ठ, भोजराज भण्डरी, अजुर्नलाल राजबंशी, राजेश्वर श्रेष्ठ, प्रविना महर्जन, रोशन श्रेष्ठ, अंशु पालिखे, अनुराग पहारी, विष्णु खनाल, अनिस खड्का, लक्ष्मी धानुक रमा खनाल, शम्भुराज श्रेष्ठ, देवराज ढुंगाना, सामिनराज भण्डारी, श्याम खनाल, सनिम महर्जन, दुर्गा दत्त जोशी, नरेश दाहाल, कोमानन्द अधिकारी, राजेन्द्र प्रसाद उपाध्याय खनाल, परशुराम खनाल, रुपादेवी भेटवाल, कल्पना कार्की, सावित्री प्याकुरेल, सावित्री कार्की, शोभा लामा, पुश्कर कोइराला, बिनोद राजथला, दीपककुमार कर्माचार्य, गिता घिमिरे, सरोज कालिकोटे, ज्ञानबहादुर राय, अमृत कुमार खत्री, मन्जिल भेटवाल, रमेश भण्डारी, चन्द्र प्रसाद प्रधान, विनोद राजथला, सुजना सुर्खेती, विकास श्रेष्ठ, सुदर्शन अधिकारी, प्रमोद भट्टराई, राजु श्रेष्ठ, सरिना गुरुङ, सन्तोष बख्रेल, अशोक लामा, शिवराज नेपाल, प्रमेश साह, पूर्णबहादुर खड्का, सन्तोष धिताल, राजन ढुंगेल, गोकर्ण कट्टेल, तीर्थ काफ्ले, विश्वराज अधिकारी, सविनराज बराल, रविन लामा, प्रल्हाद पुरी, नवराज परियार, रमेश दंगाल, श्रीराम अधिकारी, रामबहादुर शाह, कमल प्रजापती, विपिन खड्का, दिबिना प्रजापती, आशिष कुमार धमला, अनिश खड्का, गिता मानन्धर, चपण्डका प्रधान, सुनिता दाहाल, रमेश थापा, सुजित तुलाधर, ममता राई, पर्वत कन्दङ्वा, उषा राई, दलबहादुर बिक, निशा चेम्जोङ, आरती राई, सुरज लिम्बु, रोबर्ट लिम्बु, प्रनिश आङदेम्बे, गौतम लिम्बू, अर्जुन कामी, ऋषिश्वर थपलिया, अनोज श्रेष्ठ, मुकुन्दप्रसाद पराजुली, दुर्गाबहादुर विश्वकर्मा, राजकुमार लामा, शम्भुराज हमाल, रोहति दाहाल, कर्णबहादुर पच्या, सुनिता रेग्मी, पुष्कर देव थापा, तेजराज चौधरी, राजन भेटवाल, राम बहादुर सुनार, होमबहादुर सुनार, चुडामणि भण्डारी, मभुरलाल सिन्या, राजु पोखरेल, सुरेन्द्र चापागाई, रोबिन थापा, दमनकुमार श्रेष्ठ र पुष्कर कोइराला।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com