ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमर्जेन्सीमासमेत बस्दैनन् डाक्टर


admin
जेष्ठ ६, २०७५ आईतबार  ११ : ४२ बजे

गौशाला, ६ जेठ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।

अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।

अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् ।

शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर–२ बस्ने सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा खटिरहेका स्वास्थ्यकर्मीलाई डाक्टरलाई बोलाइदिन आग्रह गर्दा डाक्टर नआएपछि उनले सञ्चारकर्मीलाई भनेपछि यो रहस्य खुलेको हो ।

बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर नबसेको र फोन गर्दासमेत नटेरेको जानकारी गराएपछि जिल्ला अस्पताल प्रमुख डा राजीव झा चारैतिरबाट फोन आएपछि आफैँ केही घण्टापछि बिरामी जाँच्न पुगेका थिए ।

यो एकदिन वा दुईदिनको घटना होइन । त्यहाँका डाक्टर सधैँ त्यस्तै गर्ने गरेको जिल्ला अस्पतालका अन्य कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । उनीहरुले कुनै भिआइपी वा उनका घरपरिवारका कोही बिरामी भएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए । तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डा झालाई फोन गर्दा उहाँले बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गर्दैमा डाक्टर त्यहाँ आउने हो र ? भनी जवाफ दिनुभयो ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा छजना मेडिकल अधिकृतको दरबन्दी रहेकामा कार्यालय प्रमुख डा राजीवकुमार झा स्थायी हुन् भने अन्य छजना डाक्टर करारमा खटिरहेका छन् । तर बिरामीको उपचारका लागि खोजेको बेला इमर्जेन्सीमा डाक्टर भेटिदैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com