ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती सफाइ महाअभियानको पाँच वर्ष : सोचेअनुसार पानी स्वच्छ भएन


एबीसी न्यूज

काठमाडौँ, ५ जेठ  ।  वाग्मती सफाइ महाअभियान पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरे पनि नदी सोचेअनुरुप सफा हुन सकेको छैन ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । सफाइ अभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु हुनु सकारात्मक उपलब्धि हो । तर पाँच वर्षसम्म सफाइ गरेर २० हजार मेट्रिक टन फोहर निकाल्दा पनि वाग्मतीको किनारमा जाँदा नाक थुन्नुपर्ने अवस्था छ ।

सफाइमा टाढा टाढाबाट अभियन्ता आएर सफा गर्दा पनि नदी किनारमा घर भएका अझै रमिते बनेको दृश्य देख्न सकिन्छ । नदी सफाइका लागि स्वयंसेवीको समूहले जनचेतनामूलक अभियान सञ्चालन गरिरहे पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अपेक्षाअनुरुप काम गर्न सकेको छैन ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत ११ औँ अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०५२ मा स्थापना भएको समितिको पहिलो अध्यक्ष विद्यादेवी भण्डारी हाल राष्ट्रपति हुनुहुन्छ । तर वाग्मतीमा भने ठूलो परिवर्तन नआएको वाग्मतीप्रेमीको गुनासो छ ।

वाग्मती समितिका अध्यक्ष बस्नेत पनि सन्तोषजनकरुपमा काम हुन नसकेको स्वीकार्नुहुन्छ । “वाग्मती सफाइका लागि पशुपति, गुह्येश्वरी क्षेत्रमा मात्र सफा गरेर हुन्न, मुहान सुन्दरीजल, गोकर्ण क्षेत्रमै फोहर बढेको छ, मुहानबाटै सफा गर्ने अभियानमा समिति लागेको छ”, उहाँले भन्नुभयो ।

सफाइ अभियन्तामध्ये कतिले तस्बीर खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि वाग्मतीलगायत नदी र चक्रपथ सफाइमा जाने गरेका टिप्पणी पनि हुँदै आएको छ । वाग्मतीको सुधारकै लागि स्थापना भएको समितिले नेतृत्वदायी भूमिका खेल्न नसकेकाप्रति अभियन्ताले पनि सहमति जनाउने गरेका छन् ।

पाँच वर्षदेखि वाग्मती सफाइमा सक्रिय हुँदै आउनुभएका पूर्वसचिव किशोर थापा सोचेअनुसार सफाइको काम हुन नसके पनि नदी किनारमा जाँदा आउने गन्धमा कमी भएको बताउनुहुन्छ ।

“नदीको पानी जति सफा हुनुपर्ने हो, त्यती हुन नसके पनि किनारमा हरियो देखिएको छ, रोकिएको वाग्मती सौन्दर्यीकरणको कामले गति लिएको छ, ढल व्यवस्थापन र टेवा पर्खालको काम पनि भइरहेको छ”, उहाँले भन्नुभयो ।

सबैतिर हुने सरकारी कामको सुस्तता अधिकार सम्पन्न वाग्मतीको काममा पनि देखिएको वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ अभियानमा जुट्नुभएका पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनी बताउनुहुन्छ ।

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६२औँ हप्तामा शंखमूल क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत ३७ संस्थाका गरी ८०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले राससलाई जानकारी दिनुभयो ।

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा वाग्मती सभ्यतादूत एवं नायिका मनिषा कोइराला, पूर्वसचिव किशोर थापालगायत अभियन्ताको सहभागिता थियो ।

सफाइ महाभियान पाँच वर्ष पूरा गरी छैटौँ वर्ष प्रवेश गरेको अवसरमा आज बेलुकी शंखमूल क्षेत्रमै मैनबत्ती प्रज्वलनसहित विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२३औँ हप्ताको कार्यक्रम वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरियो । सफाइको संयोजन गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ कार्यालयले गरेको थियो ।

सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दाबढीको सहभागिता थियो । सफाइमा नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठलगायत सदस्यको पनि सक्रिय सहभागिता थियो ।

वडाअध्यक्ष श्रेष्ठको संयोजकत्वमा सफाइ अनुगमन समिति गठन गरिएको छ । २२४औँ हप्ताको सफाइ नगरपालिकाको वडा नं २ र ४ को सीमा भएर बग्ने कोलमती खोलामा गरिनेछ ।

रुद्रमती सफाइको २१७ औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–कमलपोखरी हुँदै राधेमार्गसम्म जनचेतनामूलक सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमै फोहर फाल्ने चार जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, केही विद्यालयलगायतको संस्थागत सहभागितासहित २०० भन्दाबढी अभियन्ताको सक्रियता थियो ।

विष्णुमती सफाइ अभियानको १८९औँ हप्तामा तारकेश्वर नगरपालिकाको वडा नं ९ र १० स्थित लोकतान्त्रिक चोक क्षेत्रमा गरियो । आजको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा ३५० भन्दाबढी अभियन्ताको सक्रियता थियो । आज तीन वटा विद्यालयका बालबालिकाको पनि सफाइमा सक्रियता थियो ।

मनोहरा नदी सफाइको ६०औँ हप्तामा आज जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले राससलाई जानकारी दिनुभयो । सफाइमा १०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

चक्रपथ सफाइको ५८औँ हप्तामा तिलगंगाबाट एयरपोर्टसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, न्यानो स्पर्श, नेपाल विद्युत् प्राधिकरण, यति हेल्थ साइन्स कलेज, सोसियल भोलिन्टियरलगायत गरी ४५० भन्दाबढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगंगा क्षेत्र सफाइको १६५औँ हप्ताको कार्यक्रम पनि चक्रपथ सफाइसँगै भएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगर सफाइको ५८औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिनुभयो ।

आलोकनगरदेखि शंखमूलसम्म जनचेतनामूलक सफाइ गर्दै वाग्मती सफाइ महाअभियानमै सहभागी भएको उहाँले बताउनुभयो ।

चक्रपथ वाफल खण्ड सफाइको ४०औँ हप्तामा सोल्टीदोबाटोबाट स्युचाटार पुल क्षेत्रसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com