ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टी: नेपाली राजनितिकै सबैभन्दा शक्तिशाली पार्टी, सामर्थ्य कति ?


admin
जेष्ठ ३, २०७५ बिहीबार  ७ : १९ बजे

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’को ऐतिहासिक घोषणा गरिएको छ ।

यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो ।

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो ।

कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भन्नुभएको‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राख्नुभयो ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताउनुभयो । उहाँले पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिनुभयो ।

गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।

उहाँले दुई पार्टी विधिवत् एकीकरण भई निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।

जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उहाँले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गर्नुभयो ।

नयाँ पार्टीको शक्ति कति ?

नवगठित पार्टी नेपालको सत्तारुढ दल हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका सबै महत्त्वपूर्ण व्यक्ति यही पार्टीबाट छन् ।

यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने यो पार्टीको पपुलर मत करीब ४५ लाख हुनेछ ।

प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये ११६ निर्वाचन क्षेत्रका सांसद यही पार्टीबाट निर्वाचित छन् । प्रतिनितिसभाका कुल २७५ सदस्यमध्ये १७५ सदस्य नेपाल कम्युनिस्ट पार्टीकै हुनेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ४२ जना यही पार्टीबाट रहेका छन् । कुल ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा यही पार्टीको बहुमतसहितको सरकार छ ।

कूल ७५३ स्थानीय तहमध्ये ४५ प्रतिशतभन्दा बढी स्थानीय सरकार पनि नेकपाकै नेतृत्वमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com