ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो जन्डिस र टाइफाइड यस बाट कसरी बच्ने ?


एबीसी न्यूज
जेष्ठ २, २०७५ बुधबार  ८ : ११ बजे


सन्तोषि अधिकारी
गर्मी र बर्षामा झाडा पखालाको बिरामी बढेजस्तै अस्पतालहरुमा जन्डिस र टाइफाइड भएर आउने बिरामी पनि बढ्ने गर्दछन् । कुनै पनि रोग नलागेको व्यक्तिलाई एक्कासी जन्डिस भएमा हिपाटाइटिस “ई“ अथवा “ए“ भएको हुनसक्छ । हिपाटाइटिस “ई“ र “ए“ आँफै निको हुने जन्डिस गराउने रोग हुन् तर विशेष अवस्थामा यी रोग गम्भीर पनि हुनसक्छन् ।

सङ्क्रमित व्यक्तिको दिसामा पाइने जीवाणुबाट प्रदूषित खाने कुरा र पानी खानाले यो रोग सर्न सक्छ । शौचालय गएपछि साबुन पानीले हाथ नधोई खानेकुरा छुँदा अरूलाई सजिलै सर्न सक्छ । खाने पानी ठीकसँग प्रशोधन नगरी खानाले मानिस यस रोगको सिकार बन्न सक्छ । खान मन नलाग्ने, पेट ढुख्ने, वाकवाक आउन खोज्ने, वान्ता हुने यस रोगको लक्षण हुन् ।

यी लक्षण देखिन थालेपछि बिस्तारै आँखा पहेँलो देखिन थाल्छ अथवा “जन्डिस“ देखा पर्छ । रोगको किटान गर्न र रोगको अवस्था थाहा पाउन रगतको जाच र अल्ट्रासाउन्ड गराउन जरुरी हुछ । रगतको जाँच गर्दा लिभर फंक्सन टेस्ट गर्न जरुरी हुन्छ । यी दुवै रोगमा रोगको कारक तत्व जीवाणुको कुनै उपचार गर्न पर्दैन । जन्डिस देखिए पनि जन्डिसको छुट्टै उपचार पनि गर्नु पर्दैन । एक देखि डेढ महिनाभित्र जीवाणु आँफै शरीरबाट बाहिरिन्छन् । यस रोगमा भिटामिन बीसंगै बान्ता रोक्ने, पेट नदुख्ने औषधि मात्र यसको औषधी हुन्छ । प्रशस्त पानी र राम्रो खाना र फलफुल नै यसको मूल उपचार हो ।

त्यसैगरि, गर्मी याममा मानिसहरुलाई सताउने रोगमध्ये टाइफाइड ज्वरो पनि एक हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाईड र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् । जन्डिस रोगकै कारणजस्तै यसमा पनि दुसित पानी र खाद्य पदार्थको सेवनबाट नै लाग्न सक्छ । टाइफाइडको लक्षणहरुमा शरीरमा हनहनी ज्वरो आँउने, त्यसबाहेक रिगटा लाग्ने, वाकवाकी लागि कसैकसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ । यस्तो लक्षण देखिनासाथ बिरामीले स्वास्थ्य चौकी तथा अस्पतालमा गई चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ । यसबाट बच्न यसका जिवाणुहरु फोहर पदार्थमा रहने भएकोले दिसा पिसाप गरीसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ भने जाउलोलगाएत नरम खानेकुरा खानुपर्दछ ।

जन्डिस रोगको लक्षण
खाना नरुच्ने
वाकवाक लाग्ने
ज्वरो आउने
माथिल्लो पेट दुख्ने
कमजोर हुने
थकाई लाग्ने
पिसाव पहेँलो हुँदै जाने
आाखाँ पहेँलो हुँदै जाने ।
करङमुनिको दाहिने भाग (कोखा) दुख्ने ।

जन्डिस हुनुको मुख्य कारण
१. हेपाटाइटिस ए, ई का कारण ।
२. फोहोर पानीको कारण ।
३. पित्तथैलीमा पत्थरी ।
४. रक्सी सेवन र कलेजो रोग ।

जन्डिसबाट बच्ने उपाय
पानी उमालेर मात्र पिउने ।
रक्सी नखाने ।
बासी, काँचो र सडेगलेका खानेकुरा नखाने ।
खाना बनाउनु, खानुअघि साबुनपानीले राम्ररी हात धुने ।
घरपालुवा जनावर तथा चराचुरुंगीलाई भान्सामा आउन नदिने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com