ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोली काठमाडौंमा यी रुटका गाडी बन्दैछन् प्रभावित


admin
बैशाख २७, २०७५ बिहीबार   ५ : ०४   बजे

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण शुक्रबार र शनिबार काठमाडौंमा यातायात प्रभावित हुने भएको छ । नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी शुक्रबार (भोली) बिहान भारतबाट सिधै जनकपुर आउने भएका छन् । त्यहाँ नागरिक अभिनन्दन लगायतका कार्यक्रम सकिएसँगै मोदी हेलिकप्टर मार्फत काठमाडौं आउने छन् ।

कुन रुट प्रभावित हुनेछ, शुक्रबारको तालिका

शुक्रबार विहान ९ बजे मोदी जनकपुर ओर्लने कार्यक्रम रहेको छ ।

त्यँहाको कार्यक्रम सकिएसंगै मोदी दिउँसो करीब १ बजे काठमाडौं उत्रने छन् । त्यसपछि उनी चुच्चेपाटीमा रहेको होटल हायत तर्फ जाने छन् ।

त्यसक्रममा उनी विमानस्थलबाट निस्कनु भन्दा केही समय अघिदेखिनै उक्त सडक खण्डका सवारी आवागमन बन्द हुनेछ ।

तिनकुने तर्फबाट सिनामंगाल, एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, जोरपाटी लगायका स्थानमा मोदी विमानस्थलमा अवतरण गर्नुपूर्व नै सवारी आवागमन बन्द हुनेछ ।

मोदीलाई सरकारले विशेष सत्कार गर्दै छ उनलाई टुँडिखेलमा दिउँसो चार बजे गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि चाबहिल गौशाला, तिनकुने, बानेश्वर, माइतिघरको सवारी प्रभावित हुने छ । चार बजे उनी सैनिकमञ्च टुँडिखेल जानुभन्दा करीब एक घन्टा अगाडी उक्त सडक खण्डमा सवारी खाली गरिने छ ।

गार्ड अफ अनर लिएसँगै मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ताका लागि कान्तिपथ जानेछन् । उक्त सयममा रत्नपार्क, जमल, दरबारमार्ग, लैनचउर लगायतका स्थानका सडक वन्द हुने छ ।

उपराष्ट्रपतिसँगको भेटवार्तापछि मोदी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् । त्यसक्रममा लैनचउर, महाराजगञ्ज, चक्रपथ क्षेत्रमा सवारी आवागमन बन्द हुनेछ ।

राष्ट्रपतिसँगको छलफल सकिएसँगै मोदी पुरानो वानेश्वरमा रहेको होटल द्वारिकाजमा जानेछन् । त्यसक्रममा पनि गौशाला, चावहिलदेखि पुरानोवानेश्वर आसपासको क्षेत्रको सवारी अस्तव्यस्त हुने छ ।

शनिवारको प्रभावित हुने रुट

शनिवार विहान मोदी मुक्तिनाथ प्रस्थान गर्ने छन् । त्यस क्रममा होटल हायतदेखि एयरपोर्ट सम्मको रुटको सवारी वन्द हुनेछ । मुक्तिनाथ दर्शन गरेर मोदी करिब १० बजे त्रिभुबन विमानस्थल फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथमा विशेष पुजा अर्चनाका लागि पुग्नेछन् । त्यसपछि उनको यात्रा होटल हायतका लागि हुनेछ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने कार्यकम रहेको छ । त्यसका लागि उनी होटल हायतबाट चावहिल, गौशाला, तिनकुने, बानेश्वर, माइतिघर, सिंहदरबार हुँदै भृकुटीमण्डप पुग्नेछन् । उनी राष्ट्रियसभा गृह जानुभन्दा केही अगाडि नै सडक खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group