ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्रीले सार्वजनिक गरे १ सय २५ बुृदे श्वेतपत्र ( के छ श्वेतपत्रमा )


एबीसी न्यूज
बैशाख २५, २०७५ मंगलबार  ७ : ०९ बजे

काठमाडौं २५ बैशाख । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको १ सय २५ बुँदे श्वेत पत्र जारी गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ३४ पृष्ठको कार्ययोजनामा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
मन्त्री पुनले उर्जा तथा सिञ्चाइ सम्बद्व आयोजना निर्माणमा ढिलाई गर्ने ठेकेदार तथा परामर्शदाता कम्पनीलाई कालोसुचीमा राख्ने बताएका छन् ।
१२५ बुँदे मार्गचित्र सार्वजनिक गर्दै मन्त्री पुनले आयोजना निर्माणमा ढिलाई गर्नेलाई कालोसूचीमा राखेर कार्वाही गर्ने तयारी गरेको बताएका हुन् ।
‘ठेक्का सम्झौता गरी तोकेको समयभित्र निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा अध्ययन सम्पन्न नगर्ने परामर्शदाता कम्पनीहरुसँगको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा सुचीकृत गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
साथै निर्माण कम्पनीले आफ्नो क्षमता भन्दा बढी काम लिने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ
श्वेतपत्रमा भनिएको छ ।

के छ श्वेतपत्रमा
ऊर्जा, जलस्रोत तथा सिंचाइको दिगो विकास, संरक्षण तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रको कार्यलाई विशिष्टीकरण गरी वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नु अहिलेको आवश्यकता रहेको भन्दै सम्पूर्ण क्षेत्रमा सुशासन स्थापना गरी द्रुत्ततर विकास गर्ने दृढ संकल्पलाई साथ दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको हालको अवस्था, समस्या र चुनौतीहरुको यथार्थ चित्रणसहित वस्तुपरक ढङ्गबाट विश्लेषण गरी यस क्षेत्रको समग्र विकास गर्न श्वेतपत्र जारी गरेको छ ।

विद्युत उत्पादन गर्न अनुमतिपत्र लिनेको अवस्था
मन्त्रालयले हाल कूल ४ हजार ६४२ मेगावाट क्षमताका १७२ वटा आयोजनाहरुको विद्युत उत्पादन अनुमतिपत्र जारी भई निर्माणको विभिन्न चरणमा रहेका छन् ।

अध्ययन कार्य सम्पन्न गरी विद्युत उत्पादन अनुमतिपत्रको लागि कूल ३ हजार ४६६ मेगावाट क्षमताका ३६ वटा आयोजनाका प्रवद्र्धकहरुबाट प्राप्त दर्खास्तहरुमा कारवाही भइरहेको छ ।

कूल १५ हजार ८८७ मेगावाट क्षमताका ३०२ वटा आयोजनाका प्रवद्र्धकहरुलाई विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भई अध्ययनको विभिन्न चरणमा रहेका मन्त्रालयले जनाएको छ ।

यसै गरी १०० वटा विद्युत प्रशारण लाइनको सर्वेक्षण अनुमतिपत्र तथा ९६ वटा विद्युत प्रशारण लाइनको निर्माण अनुमतिपत्र जारी मन्त्रादयले गरेको छ ।

करिव १८ प्रतिशत जनता वैकल्पिक ऊर्जामा पहुँच
नविकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन भई हालसम्म समष्टिगत ३६ लाख भन्दा बढी घरधुरी नवीकरणीय ऊर्जाबाट लाभान्वित भएका छन् ।

लघु तथा साना जलविद्युत र सौर्य विद्युतको माध्यमबाट देशका करिब १८ प्रतिशत जनतामा विद्युतको पहुाच पुग्नुका साथै करिब ३० हजार रोजगारी सिर्जना भएको श्वेतपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com