ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाले बजाउँछन नौमती बाजा


एबीसी न्यूज

 

म्याग्दी, २४ वैशाख।  शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् ।

पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् ।

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पूजा, व्रतबन्ध, छेवरलगायतका शुभ कार्यमा बजाइने नौमती बाजालाई संरक्षण गर्दै व्यावसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूह नै बनाएका छन् ।

विसं २०६१ मा गठन भएको यस समूहले नयाँ पुस्ताका युवा युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समूह नै उत्पादन गरिसकेको फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताउनुभयो ।

“एउटै समूहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु हाम्रो प्रमुख विशेषता हो, हामीले यस समूहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना गरेका छौँ” – अध्यक्ष पुर्जाले भन्नुभयो । यस समूहमा अहिले ३० जना बढी आबद्ध छन् । त्यसमध्ये करीब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समूहकी सदस्य प्रिती पुनले बताउनुभयो ।

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्यसमेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समूहको लोकप्रियता बढेको समूहका बाधक तिलक फगामीको भनाइ छ । विवाहको लगन र पूजाआजा हुने समयमा दुई बढी समूह बनाएर नौमती बाजा बजाउने गरिएको छ । बाजा बजाएर आउने आम्दानीबाट समूहमा आबद्ध भएका बाधक र कलाकारलाई पारिश्रमिक दिने गरिएको छ ।

यस समूहले आफ्नो आम्दानीबाट केही रकम बचत गरी सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामग्रीसमेत खरिद गर्ने गरेको समूहकी सदस्य टिकमती पुनले बताउनुभयो । पोखरामा रहेका म्याग्देलीले मात्रै होइन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् ।

म्याग्दीबाट कावासेती, चितवनलगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com