ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैद्यनाथ मन्दिर कटानको जोखिममा


एबीसी न्यूज

अछाम, २२ वैशाख । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ ।

मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन । विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिंग भने यथास्थानमै फेला परेको बताइन्छ । शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो । नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको कटान रोक्नका लागि सरोकार भएकाहरुले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरिए पनि प्रभावकारी भएन । अहिले नयाँ लागत अनुमान बनाएर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताउनुभयो । “कटान रोक्नका लागि पहल नभएको हैन”, उहाँले भन्नुभयो, “काम धेरै भयो, वर्षेनी नदीमा आउने बाढीले कटान गर्दै लैजाने गरेको छ, यस विषयमा सराकोरवाला पनि गम्भीर छन् ।”

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताउनुभयो । “मन्दिरको सरक्षण संवद्र्धनका लागि अब ठोस योजना बनाएर अगाडि बढ्न जरुरी छ”, कुँवरले भन्नुभयो; “मन्दिर वरिपरिको भूभाग कटान हुन नदिन प्रभावकारी तटबन्धन निर्माण गरिने छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com