ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन : के के छ घोषणा पत्रमा ?


एबीसी न्यूज
बैशाख १६, २०७५ आईतबार   ५ : ०१   बजे

काठमाडौं, १६ वैशाख । शनिवार देखी जारी लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दसबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै समापन भएको छ। लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै बौद्ध सम्मेलन सकिएको हो।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ देशका विद्वान् तथा धर्मगुरु, वरिष्ठ भिक्षुहरुको सहभागिता रहेको सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

मानवताको सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तर्राष्ट्रिय भ्रातृत्व, दया, करुणा तथा अन्तरआस्था र शान्ति संवादका लागि अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकासित गर्दै लैजाने सहभागी मुलुकका कार्यपत्र प्रस्तोताले जनाएका छन्। उनीहरु लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने विषयमा सहमत भएका छन।

सम्मेलनलाई समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्‌गम स्थल भएको सम्मेलनले पुष्टि गरेको बताए। विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्‍याएको उनले चर्चा गरे।

प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए। उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरे।

यस्तो छ लुम्बिनी घोषणापत्र २०१८

१. सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने।

२. केन्जो टाङ्गेद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने।

३. अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने।

४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने।

५. लुम्बिनीलाई एशियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने।

६. बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने।

७. बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने।

८. कपिलवस्तु ९बुद्ध र शाक्यको मातृभूमि०, देवदह ९महारानी मायादेवीको माइतीघर०, रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने।

९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने।

१०. लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group