ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण: फरार एसएसपीका चालक पक्राउ, एसएसपीमाथि मुद्धा चलाउने तयारी


admin
बैशाख १६, २०७५ आईतबार  ३ : ४४ बजे

काठमाडौं, १६ वैशाख । व्यापारी सनम शाक्य हत्या र त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरिएको छ । सुन तस्करीको गिरोहलाई एसएसपी खत्रीका चालकले समेत सहयोग गरेको प्रमाण भेटिए पछि उनलाई पक्राउ गरिएको हो।

एसएसपी खत्री भने फरार छन्। उनी छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको छ।

हालसम्म सो प्रकरणमा प्रहरी अधिकारीसहित २७ जना मोरङ प्रहरीको हिरासतमा छन्। जसमा ५ जना प्रहरी अधिकारी, सुन व्यापारी, नेताहरु तथा थाई एयरवेजका कर्मचारीहरु छन्। पक्राउ परेका पाँचै जना प्रहरी अधिकारीहरु पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का निलम्बित भइसकेका छन्। डिएसपी केसीलाई पनि प्रहरी कार्यालयबाट बाहिर जान दिइएको छैन।

विमानस्थलबाट गत माघ ७ गते ३३ किलो सुन तस्करी थियो । सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले व्यापारी सनम शाक्यलाई करेन्ट लगाएर मारेको थियो। शाक्य पहिले सोही गिरोहमा अकाउन्टेटका रुपमा काम गर्दै आएका थिए। समूह छाडेर गएपछि उनले नै सुन लुकाएको हुनसक्ने आशंकामा अपहरण गरेर यातना दिने क्रममा उनको मृत्यु भएको थियो ।

सनमका आफन्तले हत्यामा उच्च पदस्थ संलग्न रहेको भन्दै सत्यतथ्य छानबिन गरी पाऊँ भन्ने उजुरी प्रधानमन्त्री कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिए पछि चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

सोही समितिको अनुसन्धानपछि विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सकै कर्मचारीको सहयोगमा सुन तस्करी हुँदै आएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com