ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो दम तथा एलर्जी यस बाट कसरी सुरक्षि हुने ?


एबीसी न्यूज
बैशाख १४, २०७५ शुक्रबार  ७ : ५४ बजे


दम अर्थात् अस्थमा श्वासप्रश्वाससंग सम्बन्धित रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम अर्थात् आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ ।

दम रोगमा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन् जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई सास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ, स्वाँ हुने, छाती गह्रौ हुने लगायतका लक्षण हुने गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करीब २५ करोड मानिस दम को समस्याले पिडित छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ ।

मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुकका नागरिक पर्ने गर्दछन् । यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ । दम रोगले बालबालीकाहरुलाई पनि सताउन सक्छ । बढि मात्रामा चिसो मौसममा सताउने यो रोगले मौसम परिवर्तन हुने समयमा पनि सताउने गर्दछ । बालालीकामा देखिने धेरै समस्या स्वास प्रस्वास नै हो । अहिले हाम्रो देशमा बाल मृत्युदर बढाएको प्रमुख रोगहरु मध्ये स्वासप्रश्वास पनि एक प्रमुख कारक तत्व भएको ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालका दम तथा एलर्जी रोग विशेषज्ञ डा सञ्जयराज थापाको भनाइछ ।

उहाकानुसार दम हुने कारणहरुमा यदि परिवारमा कसैलाई दम को बिमारी छ भने पनि दम रोग हुन सक्छ । एक्जेमा, राइनाइटिस जस्ता एलर्जिक रोगहरु छन् भने, धूलो धूवाँको कारण र धूमपान गर्ने व्यक्तिलाई, प्रदूषित वातावरणका कारण हुन सक्छ ।
बालबालीकामा दम हुँदा सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने गर्छ ।

शुरुशुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ । तर, रोग जटिल हुँदै गएको खण्डमा दिनहुँ जस्तो समस्या आइपर्छ । दमका बिरामीलाई सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ । यसबाट बच्न एलर्जी बढाउने तत्वबाट टाढा रहनु पर्छ । धूलो र धूवाँ बाट आफू बच्ने बालबालीकालाई बचाउने, गलैंचा, खेलौनाआदिको धूलो सँग जोगिने, चिसो हावा, फ्रीजको चिसो खानेकुरा तथा पिउने कुरा नखाने, स्वस्थकर खानपानमा ध्यान दिन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com