ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हट्यो


एबीसी न्यूज

भक्तपुर, १३ वैशाख । जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ ।

विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हटेको हो ।

सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गर्ने कि अन्तर्राष्ट्रिय टेण्डरबाट गर्ने भन्ने मुख्य विवादका कारण केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो ।

सम्पदा पुनःनिर्माण स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत् गर्नुपर्ने अडान भक्तपुर नगरपालिकाले राख्दै आएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय टेण्डरमार्फत् गर्नुपर्ने अडान दातृ निकाय केएफडब्लूले राख्दै आएको थियो ।

जर्मन राजदूत रोलाण्ड शेफरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेट गर्दै केएफडब्ल्यूमार्फत् हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने जानकारी दिनुभयो ।

जर्मन राजदूत शेफरले भक्तपुर नगरपालिका र केएफडब्ल्यूबीच परियोजना सञ्चालनसम्बन्धी देखिएका प्रमुख तीनवटा असमझदारीमध्ये पूजारी मठको पुनःनिर्माणमा स्टील रडको प्रयोग र कंक्रीट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनःनिर्माण कार्य गर्ने र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनःनिर्माण गर्दा अन्तर्राष्ट्रिय टेण्डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको भावनालाई केएफडब्ल्यूले स्वीकार गर्न नसकेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको समर्पणभावको उच्च प्रशंसा गर्दै जनभावनाविपरित आफूहरु नजाने प्रष्ट पार्नुभयो ।

भक्तपुर र जर्मनी सरकारबीच जनस्तरमै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत शेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रियस्तरमै छलफल हुने र त्यसमा जर्मन सरकारको तर्फबाट पनि सहयोग गर्ने अवसर पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको बताउनुभयो । उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुने उहाँको भनाइ थियो ।

स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, ५५ झ्याले दरबार, भैरबनाथ मन्दिरलगायत धेरै सम्पदाहरु सयौँ वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै नगरपालिकाले आफ्नै इन्जिनियरिङ कलेज सञ्चालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापन गराइरहेको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भूकम्पले पीडामा रहेका भक्तपुरवासीलाई सहयोग गर्ने जर्मन सरकार र जर्मन नागरिकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुरको सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रष्ट पार्नुभयो ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नं वडा अध्यक्ष उकेश कवां, पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टीका ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com