ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली भ्रमण वर्षको तयारी शुरु


admin

धनगढी, १२ वैशाख ।  ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ ।

कैलाली भ्रमण वर्ष २०७५ को जिल्लाको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको भ्रमण वर्ष मूल समारोह समितिको सचिवालय कैलालीले जनाएको छ ।

जिल्लाको पूर्वी सीमा नदी कर्णालीको छेउमा रहेको चिसापानी पर्यटनका लागि आकर्षक गन्तव्यस्थलका रुपमा चिनिन्छ । चिसापानीको कर्णाली नदीमा बनेको दक्षिण एशियाकै नमूनाको पुल ‘स्टेट केबुल ब्रिज’ आकर्षक छ ।

कर्णाली नदीमा हुने -याफ्टिङ (जलयात्रा)अरु ठाउँका नदीमा हुने -याफ्टिङको तुलनामा निकै रोमाञ्चकारी देखिन्छ । नदीमा -याफ्टिङ गरेर चिसापानीदेखि झण्डै १० किलोमिटर दक्षिणतर्फको टीकापुर छेउको कर्णाली नदीको भागसम्म जलयात्रा गर्न सकिन्छ ।

डल्फिनको दृष्यावलोकनका लागिसमेत कैलाली जिल्ला चर्चित छ । काँडा, कान्द्रा, मोहना, पथरैया नदीमा पानी सतह बढेका बेला डल्फिन सजिलै देख्न सकिन्छ । मानिसपछिको दोस्रो बुद्धिमान प्राणी डल्फिनलाई नदी छेउमा निर्माण भएका ‘टावर‘मार्फत वर्षायाममा सजिलैसँग अवलोकन गर्न सकिन्छ ।

भ्रमण वर्षका क्रममा टीकापुरमा सांस्कृतिक -याली, जिल्लाका प्रसिद्ध धार्मिक स्थल बर्दगोरिया, गोदावरी धाम, शिवपुरी धामका साथै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालको अवलोकन गर्ने गराउनेलगायतका कार्यक्रम गरिने जनाइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष मनाउने गरिए पनि यससम्बन्धी निर्माण हुनुपर्ने पूर्वाधारको भने अभाव महसुस गरिएको पर्यटन व्यवसायी रमणचन्द्र श्रेष्ठले बताउनुभयो । जसका कारण पर्यटन उद्योगको सम्भावना प्रशस्त देखिएको भए पनि प्रचारप्रसार र पर्यटकका लागि चाहिने उचित पूर्वाधार जुट्न नसक्दा अपेक्षित सफलता भने पाउन सकिएको छैन ।

भ्रमण वर्ष २०७५ मनाउनका लागि धनगढीमा स्थापना गरिएको मूल समारोह समितिको सचिवालयको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा भ्रमण वर्ष मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउँले भ्रमण वर्षको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com