ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको यो अस्पताल


admin

भीमदत्तनगर, १२ वैशाख । सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन ।

अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन । पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण यहाँबाट बिरामीले गतिलो उपचार पाउन सकेनन् ।

बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाहीलगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउनसमेत नमान्ने गरेको कार्यरत कर्मचारीको भनाइ छ ।

महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल दश जना मात्रै कार्यरत रहेको बताउनुभयो । “अस्पतालले दरबन्दी अनुसारको चिकित्सक कहिल्यै पाएन”, प्रवक्ता अवस्थीले भन्नुभयो, “मन्त्रालयबाट चिकित्सक नपठाएको पनि धेरै भइसक्यो ।”


उहाँले चिकित्सक कञ्चनपुर सुगम जिल्ला भएका कारण आउन नचाहने गरेको बताउनुभयो । “दुर्गम जिल्ला भएको भए चिकित्सक बस्थे होला”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार र व्यवस्थापन भए पनि चिकित्सक ल्याउन सकिएन ।”

दैनिक एक सयदेखि १५० जना बिरामी सेवाका लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । “स्थायी दरबन्दीमा तीन जना चिकित्सक कार्यरत छन्”, उहाँले भन्नुभयो, “विकास समितिबाट पनि तीन जना चिकित्सक राखेर सेवा दिइरहेका छौँ ।”

केही समयअघि अस्पतालमा जडान गरिएको आइसियु सेवासमेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति विपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधिसमेत तीन महिनादेखि पूर्ति हुन सकेको छैन ।

अस्पतालको अवस्था बुझ्न आउने धेरै स्वास्थ्यमन्त्री र सम्बन्धित निकायका उच्च तहका पदाधिकारीले अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिने गरेको भए पनि अस्पतालले सामान्य बाहेकका सेवा अझै उपलब्ध गराउन सकिरहेको छैन ।

अस्पतालसित पूर्वाधार र उपकरण भए पनि विशेषयज्ञ चिकित्सकको अभावकै कारण अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको भीमदत्तनगरका स्थानीयवासी मदन चन्दले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आवश्यकताअनुसार उपकरण खरीद गर्न दिए पनि अस्पतालको सेवा विस्तार गर्न चिकित्सक दरबन्दीअनुसार बढाउनुपर्नेको चन्दको जोड छ ।

सामान्यबाहेक अन्य बिरामी सीमावर्ती भारतीय बजारका अस्पतालसँगै धनगढी, कोहलपुर, नेपालगन्जका साथै काठमाडौँसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हट्न सकेको छैन ।

दलीय आस्थाका आधारमा आउने अञ्चल अस्पताल विकास समितिको नेतृत्व अस्पतालको सुधारका लागि लाग्नुका साथै स्वास्थ्य मन्त्रालयमा चिकित्सक माग गर्न थालेको पनि धेरै समय भइसक्यो । तर अस्पतालमा आउने चिकित्सक थोरै समयमा सरुवा हुँदा पनि अस्पतालले सेवा दिन सकिरहेको छैन । अञ्चल अस्पतालले सामान्य खालका शल्यक्रिया, ज्वरो, रुघाखोकी, सामान्य चोटपटकबाहेक सघन खालको बिरामीको उपचार नगरेको दशक नाघिसक्यो ।

अस्पतालबाट वितरण हुने औषधिसमेत अभाव रहेको बताउँदै प्रवक्ता अवस्थीले औषधिका लागि माग फारम भरेर धनगढी पठाइएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म उम्मेदवार रहेका राजनीतिक दलका नेताहरुले अस्पतालको सुधार चुनावी प्रचारको एजेण्डा बनाए पनि निर्वाचनपछि नेताहरुको ध्यान त्यहाँ जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com