ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा बैठकमा सरकारको ध्यानाकर्षण


admin
बैशाख ११, २०७५ मंगलबार  ७ : ३६ बजे

विराटनगर, ११ वैशाख । प्रदेश नं १ को आज बसेको प्रदेशसभा बैठकका अधिकाँश सदस्यले पूर्वी क्षेत्रमा रहेका नदी कटान समस्या, कोशी टप्पु आरक्षण र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

झापा जिल्ला क्षेत्र नं ३ हल्दीबारी लगायतमा ल्याण्डलाइन टेलिफोन सुविधा उपलब्ध गराउनुपर्ने बताउँदै उनीहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई कानून बनाई नागरिकता वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उनीहरुले जोगवनी–किमाथाङका सडक निर्माणमा विस्फोटन पदार्थका प्रयोग गरी दु्रत गतिमा कार्य गर्नुपर्नेलगायत अरुण नदीमा आउने तीर्थयात्रीलाई बसोबासको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोशी टप्पु आरक्षणभित्र चरणका लागि आउने करिब ५० हजार घरपालुवा चौपाया नियन्त्रण गरी सो क्षेत्रमा जंगल सफारीको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले नियम विपरीत सञ्चालित क्रसर उद्योगको अनुगमनका लागि प्रदेशसभाका सदस्यको अनुगमन टोली बनाउनुपर्ने तथा १७ वटा खोलाको मुहानमा तटबन्ध निर्माण गर्न सरकारले अविलम्ब कार्य गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै विराटनगर–धरान ६ लेन सडक निर्माणमा एकरुपता हुनुपर्नेमा जोड दिदैं उनीहरुले इटहरीमा आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य उपकरण खरीदमा भएको रु ६ करोडका अनियमितताका सम्बन्धमा छानबिन गर्नुपर्ने र धरानमा खानेपानीको समुचित व्यवस्था गर्नुपर्नेमा जोड दिदैं उनीहरुले यातायात कार्यालय इटहरीबाट सर्वसाधारणले सहजरुपमा सवारी चालक अनुमति पत्र पाउनुपर्ने तथा अलैँची बिक्री–वितरणका लागि थप बजार खोज्नुपर्ने बताउनुभयो ।

उनीहरुले पूर्वी पहाडी जिल्लामा पर्यटक वृद्धिका लागि पशुपतिनगरमा अध्यागमन कार्यालयको स्थापना गर्नुपर्ने, प्लान्ट क्वारेण्टाइन, पशु चेकपोस्ट र छोटी भन्सारको क्षेत्राधिकार वृद्धि गर्नुपर्नेलगायतका माग गर्दै उनीहरुले पूर्वी पहाडी जिल्लाका जनताको सुविधाका लागि धरानमा निर्माण गरिने विमानस्थलका लागि थप ९३ बिघा जग्गा खोज्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी धरानमा रहेको खहरे खोलामा तटबन्ध निर्माण गरी मानव बस्ती जोगाउन उनीहरुले सरकारसँग आग्रह पनि गर्नुभयो ।

यसरी आग्रह गर्नेहरुमा प्रदेशसभा सदस्यहरु पूर्णप्रसाद राजवंशी, बिमल कार्की, उपेन्द्रप्रसाद घिमिरे, सर्वध्वज साँव, चन्द्रप्रसाद श्रेष्ठ, ज्योति सुब्बाल, खिनुलाम्वा लिम्बू र उदिता विक रहनुभएको छ ।

प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com