ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित


admin

सुर्खेत, १० वैशाख।  कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४÷०७५ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ ।

कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ बमोजिम प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको बाह्रौं बैठकले सर्वसम्मत पारित गरेको हो ।

नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत्, जडिबुटी, कृषि, यातायात, शिक्षा, वन, खनिज पदार्थ र सामाजिक सुरक्षा तथा न्यायलाई बढी जोड दिँदै प्रदेशको समृद्धि, विकास र परिवर्तनका लागि विशेष खालका नारा अघि सारेको छ ।

प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य प्रदेशले लिएको छ । प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना बनाउन प्रदेश सरकारले विज्ञहरूको टोली बनाउने छ ।

‘एक पालिका एक घरेलु उद्योग’को नीतिअनुसार स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ ।

पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान गरी उपयोगका लागि आवश्यक योजना बनाउने नीति पनि प्रदेश सरकारले लिएको छ । नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम परम्परागत भएको बताउँदै कर्णालीको माटो र नागरिक सुहाउँदो नीति कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारका प्रवक्ता विमला केसीले नीति तथा कार्यक्रममा टेकेर तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजना निर्माण गरिने बताउनुभयो ।

प्रदेशसभा सदस्य गुलाबजंग शाहले राखेको धन्यवाद ज्ञापनको प्रस्तावमाथि प्रदेशसभा सदस्यद्वय यज्ञबहादुर बिसी र धर्मराज रेग्मीले समर्थन गर्नुभएको थियो । अर्को बैठक मंगलबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com