ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापा- अहिलेको समय विकास र समृद्धिको हो


admin
बैशाख १०, २०७५ सोमबार  ४ : ०२ बजे

चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ ।

रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताउनुभयो ।

विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको बताउनुभयो ।

अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताउनुभयो । देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नु पर्ने उहाँको भनाइ थियो । देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै उहाँले कहीँ कतै त्यस्तो देखिए खबर गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौती पूर्ण बन्न सक्छ, सूचना दिनुहोस् जोकोहीलाई पनि कानूनको दायरामा ल्याउँछाँै ।” चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक एक हजार ५०० युवा विदेशिनु देशका लागि विडम्बना भएको भन्दै देशमा नै लगानीमैत्री वातावरण बनाउन सरकार लाग्नु पर्ने बताउनुभयो । राज्यले युवालाई ऋणमा सहुलियतसहित सहज रुपमा कर्जाको व्यवस्था गर्नु पर्ने उहाँको भनाइ थियो । सो अवसरमा संघका अध्यक्ष राजाराम रेग्मीले संघले अहिलेसम्म गरेका काम तथा अबका चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com