ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चूनाव जितेका जनप्रतिनिधी चेलीबेटि बेखविखन मुद्धामा जेल चलान


admin

काठमाडौं, ९ वैशाख । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनबहादुर तामाङ चेलिबेटी बेचबिखानको आरोपमा आइतबार जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनबहादुर तामाङलाई जगन्नाथ देवल कारागारमा चलान गर्न आदेश दिएपछि कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

तामाङले २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लगेको घटनामा अदालतले दोषी ठहर गरेपछि जेल चलान गरिएको हो ।

नुवाकोट जिल्ला अदालतले २०७४ चैत्र ७ गते तामाङलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएका छ । फैसला कार्यान्वायनका लागि सिआईबीले उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले नुवाकोट अदालतको आदेश सदर गर्दै कारागार चलान गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले उनलाई २ महिनाअघि नयाँ मुद्दामा ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ ।

सर्वोच्चले यसअघि उनलाई गएको बिहीबार तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
नुवाकोट जिल्ला अदालतले ६ वर्ष कैद सजाय तोकेकोमा सर्वोच्चले उल्ट्याउँदै छाड्न आदेश दिएको थियो । त्यस मुद्दाको अभियुक्त आफ्नो बुवा नभएको भन्दै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेपछि सर्वोच्चले छाडेको थियो ।

तर सीआईबीले तामाङलाई छुटे लगत्तै फेरि अर्को मुद्धामा पक्राउ गरेको थियो । अहिले सोही दोस्रो मुद्धामा नुवाकोट अदालतले गरेको ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजायका लागि तामाङलाई जेल चलान गरिएको हो ।

वडाध्यक्ष तामाङविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दा पनि अदालतमा विचाराधिन छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com