ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ पृथ्वी दिवस : सावधान बनौं ! छैठौं जैविक विनाशको युगमा प्रवेश गर्दैछ पृथ्वी


admin


ताममान र मौसम अनुकल बन्न नसक्दा डायनोसरको अस्तित्व समाप्त भयो । अस्तित्वका लागि संघर्ष गर्न नसक्दा पटक पटकसम्म विभिन्नप्राणीहरु विलुप्त भैसकेकाछन् । एक प्रजातिको अन्त्य र अर्को प्रजातिको उदय भैरहेको छ पृथ्वीमा । तर, प्राणि जगतको सबैभन्दा उन्नत विचार भएको मानव जातिको अति अतिक्रमणका कारण सिंगो पृथ्वी नै संकटमा पर्दै गएको वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । मानवीय अतिक्रमका कारण बढ्दै गएको ‘क्लाइमेट चेन्ज’ले भोलिको दिनमा भयानक संकट उत्पन्न हुने चेतावनी दिएकाछन्, खोज अनुसन्धानकर्ताहरुले ।

सीएनएनका जोन डी सटर क्लाइमेट चेन्ज र सामाजिक न्यायको विषयका स्तम्भकार हुन् । सटरले प्राणी जगतकै छैठौं विलुप्तीकरणबारे वैज्ञानिक खोज तथा अनुसन्धान र विभिन्न वैज्ञानिकहरुसँगको छलफलका आधारमा अनुसन्धानमुलक आलेख लेखेका छन् ।

पृथ्वी आफ्नो छैठौैं ठूलो विलुप्ततातर्फ अगाडि बढिरहेको घटानाप्रति वैज्ञानिकहरुको मतविभाजन भएपछि धेरै वैज्ञानिकहरु स्पष्ट छन् । यसको अर्थ शताब्दीको अन्त्यसम्म प्राणीजगतका तीन–चौथाई प्रजातीहरु लोप भैसकेका हुन्छन् भन्ने उनीहरुले दाबी गरेकाछन् । यसो हुनुमा मानव प्रजातीकै सबैभन्दा बढी योगदान रहेको खुलासा पनि उनीहरुले गरेकाछन् ।
नेशनल ऐकेडेमी अफ साइन्सको जनर्लमा प्रकाशित एक अध्ययनअनुसार, ‘जैविक विनाश’को पूर्ण तस्वीर प्राकृतिक दुनियाँसम्म पुग्न सकिरहेको छैन । जसको जिम्मेवार पनि मानिस स्वयं नै हुन् ।

यूनिभसिडेड नेशनल अटोनोमा डे मेक्सिकोका इकोलोजीका प्रोफेसर गोरार्डो सेबलोस र स्टेनफोर्ड विश्वविद्यालयका जीव वैज्ञानिक एवं प्रसिद्ध लेखक पावल एहर्लिच सहित उनको सह–लेखकले नयाँ सबूतको साथ प्रजातिहरुको संख्या नपत्याउने खालले घटिरहेको दाबा गरेकाछन् ।

आफ्नो रिसर्च आर्टिकलमा यि वैज्ञानिकहरुले निकालेको मुख्य निस्कर्ष हो – भूमिमा आधारित स्तनधारी, चरा, उभयचर र सरिसृप गरी २७ हजार छ सय प्रजातिको लगभग एक तिहाई संख्या र उनीहरुको प्रादेशिक सिमा नाशिँदै गएको छ ।

अनुसन्धानकर्ताले यसलाई ‘जनसंख्या क्षयीकरणको अति उच्च डिग्री हो’ समेत भनेका छन् । वैज्ञानिकहरुले १७७ स्तनधारी प्रजातिहरुको अध्ययन गर्ने एउटा राम्रो समूहको अध्ययनलाई हेरेर सन् १९०० देखि २०१५को बीचमा लगभग सबै क्षेत्रमा थोरै भन्दा थोरैमा पनि ३० प्रतिशत प्रजातिमा क्षयीकरण भएको दाबी गरेकाछन् । जसमध्ये २० प्रतिशत भन्दा बढीको संख्यामा कमी आएको छ । यसको अर्थ तिनीहरुको आफ्नो प्राकृतिक भौगोलिक सीमाबाट ९० प्रतिशत भाग हराएको छ ।

विलुप्त हुन लागेका प्रजातिलाई मात्र हेर्दा छैठौं ठूलो विलोपिकरण सोचे भन्दा निकै भयानक हुने आशंका त्यसै पक्कै गरिएको होइन । ति प्रजातिको संख्या र श्रेणी हेरेर नै यो छैठौं विलुप्तीकरण यसअघिका विलुप्तीकरण भन्दा निकै नै गम्भीर र भयानक हुने ‘रिसर्च आर्टिकल’मा उल्लेख गरिएको छ ।

स्टेनफोर्ड यूनिभर्सिटीमा जेस्पर रिज बायोलोजिकल रिजर्भका कार्यकारी निर्देशक एन्थनी बार्नोस्की भन्छन् ‘यो अध्ययन विहंगम छ, जसलाई मैले समेत देखेको छु । यो अध्ययनमा सामेल नभएका बार्नोस्कीले ‘के हुनेवाला छ मैले देखिरहेको छु, जबकी आम मानिसहरु र वैज्ञानिकहरुले पनि भोलि के हुनेवाला छ, अझै देख्न सकेका छैनन’ भन्दै छैठौं विलुप्तिकरणलाई थप प्रष्ट पारेकाछन् । धेरै प्रजातिको संख्या त संकटग्रस्त भइसकेको छ ।

उदाहरणको लागि अफ्रिकन हात्तीलाई नै लिन सकिन्छ, संख्यामा हेर्ने हो भने अफ्रिकन हात्तीअझै पनि अफ्रिकाको जङ्गलमा ४ लाखको संख्यामा छन् । यसलाई निकै ठूलो संख्या मान्न पनि सकिएला । तर यो संख्या पछिल्लो शताब्दीको तुलनामा आधीको पनि आधी नरहेको गोरार्डो सेबलोसले बताएका छन् । अघिल्ला शताब्दीमा अफ्रिकामा हात्तीको संख्या १० लाख भन्दा पनि धेरै रहेको उनको भनाइ छ ।

यस्तै तरिकाले अफ्रिकन हात्तीको संख्या घट्ने हो भने २० बर्षमा अफ्रिकाको जङ्गलमा हात्ती देख्न पाइने छैन ।अध्ययनले देखाएको छ, प्राणि जगत र वनस्पतीको सम्पूर्ण जनसंख्या संकटग्रस्त भएको छ ।

छैठौं विलुप्तलाई लिएर पछिल्लो समयमा धेरै नै विवाद चर्केको छ । छैठौं विलुप्तको घटनाक्रम पहिलादेखि नै सुरु भएको हो या यो क्षितिज पारिको कथा मात्र हो ? बहस जारी छ । वैज्ञानिकहरु भने यसविषयमा विभाजित पनि भएका छन् ।

तर, जलवायु परिवर्तन, वायु तथा जलप्रदुषण जस्ता मानव निर्मित खतराले भयानक कदमतर्फ अघि बढाइरहेको छ । विश्व बैंकका अनुसार तिब्र रुपमा मानिसको विश्वव्यापी जनसंख्या वृद्धिले जंगलको विनाश भैरहेको छ भने वासस्थानको समस्या बल्झिँदै छ ।

जुन मानिसहरुको निकै नै भयानक कदम रहेको र जसको नकारात्मक असरकै कारण छैठौं विलुप्तको प्रारम्भ भएको उनीहरु बताउँछन् ।

प्रोफेसर गोरार्डो सेबलोसे अझै केही नबिग्रेको बताएर आम मानिसलाई पूर्ण निराश नहुन पनि सुझाएका छन् । उनले मानिससँग अझै प्रयाप्त समय भएको यस्ता विनाशका नतिजालाई हेरेर मानिसले समयछँदै पाठसिक्नु पर्ने बताउँछन् । तर, समयमै नचेत्ने हो भने ‘जैविकविनाश’ क्रम चलिरहन्छ ।
(सीएनएन डट कममा प्रकाशित रिपोर्टमा आधारित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com