ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह


एबीसी न्यूज

सिन्धुली, ४ वैशाख।  धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन ।

राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ । राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन ।

नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनु पर्ने, धेरै मानिस विस्थापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्साङ्कन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने उनीहरुको माग रहेको छ ।

यस विषयमा राजनीतिक दल, आयोजना प्रमुख, स्थानीयवासी तथा प्रशासनबीच बारम्बर बैठक बसे पनि उपयुक्त निकास निस्कन सकेको थिएन । तर हाल आएर राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्साङ्कन गरिएको स्थानभन्दा उत्तरबाट उपयुक्त स्थान छनोट गरी राजमार्ग निर्माणमा सहयोग गर्नेमा ऐक्यबद्धता जनाएका छन् ।

राजमार्गलाई सिन्धुलीमाडीको पुरानो बजार धुराबजारबाट हटाउँदा सिन्धुलीमाडीको अस्तित्व नै कुरुपजस्तै हुने भन्दै विरोध व्यापक भएपछि राजमार्गको ट्रयाक परिवर्तन गर्न लामो समयपछि यस्तो ऐक्यबद्धता सम्बन्धित निकायले जनाएका हुन् ।

करोडौँ मूल्यका भौतक पूर्वाधार तथा सिन्धुलीका पुरानो पहिचानलाई जोगाउन भन्दै धरान–चतरा—हेटौँडा राजमार्गको ट्रयाक नक्साङ्कन गरिएको ठाउँबाट नभई साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको छ ।

धेरै दबाब र विवादपछि राजमार्गको ट्रयाक परिवर्तन गर्ने भनिएको स्थानमा पनि अहिले फेरि स्थानीयले विरोध गरेका छन् । नक्साङ्कन भएको स्थानबाट नै राजमार्ग जानुपर्ने वा अन्य स्थानबाट विकल्प खोजिनु पर्ने उनीहरुको माग रहेको छ । यदि त्यसो नभई आफूहरुको जग्गाबाट राजमार्ग लैजान खोजे चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनु पर्नेमा उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइसकेका छन् ।

सोही निर्णयलाई पुनःविचार गर्न सोमबार बिपीनगर आदर्श टोल विकास समितिले गरेको एक छलफल कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेल र निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेश सांसद विनोदकुमार खड्कालाई आग्रह गरेका छन् ।

स्थानीयवासीले सो क्षेत्रमा हाल भूकम्पपीडितले सात धुर, १० धुर र एक कट्ठा जग्गा किनेर घर बनाएको र आफूहरुलाई सुकुम्वासी नबनाउन आग्रह गरेका छन् । थोरै जग्गाबाट आफूहरुले गाँस, बास तथा जीवन निर्वाहको जोहो गरेकाले आफूहरुको पेटमा लात हान्ने काम रोक्न स्थानीय बुद्धिमान विकले सांसदसँग आग्रह गर्नुभयो ।

यस्तै, स्थानीय कुलबहादुर बुढाथोकीले दूधमा पानी मिसाउँदा हुने तर पानीमा दूध मिसाउँदा सेतो मात्र हुने काम भएको भन्दै जनतालाई सुकुम्वासी बनाउने काम भएकाले जनतालाई नसोधी यस्ता निर्णय गरेकाले गम्भीरतापूर्वक यसलाई लिन आग्रह गर्नुभयो ।

स्थानीयको गुनासाको सम्बोधन गर्नु हुँदै पुर्व कृषिमन्त्री तथा संसद् हरिबोल गजुरेलले धरान–चतरा—हेटौँडा राजमार्गको विस्तारका क्रममा सिन्धुलीको अनावश्यक विवादले आफूलगायत सिन्धुलीबाट निर्वाचित सांसद लज्जित हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “घरमा धारा चाहिन्छ, घर नजिकै बिजुलीको पोल चाहिन्छ, ढल चाहिन्छ र घरको ढोकाबाट निक्लने बित्तिकै गोडा उचाल्नासाथ गाडी चाहिने तर आफ्नो जग्गाको एक चिम्टी माटो पनि छुन नहुने भन्ने मानसिकता आजदेखि छाड्नुस् ।”

आफूले सिन्धुलीको नक्साङ्कन भएको स्थानमध्ये धुराबजारदेखि खट्टारसम्मको स्थानबाट राजमार्ग विस्तार नगर्ने भनी हस्ताक्षर गरिसकेकाले यस कदमबाट पछि नहट्ने पनि बताउनुभयो । यो फाँटको खोतीयोग्य जमिन विनाश नगर्न आग्रह गर्ने तर दिन प्रतिदिन अव्यवस्थित तवरले घर उमार्ने परिपाटी ठीक नभएको उहाँको भनाइ छ ।

राजमार्ग विस्तार गर्ने क्रममा अवरोध नगर्न आग्रह गर्दै आफूहरुले यस स्थानमा आधुनिक शहरीकरणको अवधारणा र राजमार्गको विस्तारसहितको योजना बनाएकाले कसैको जग्गा पनि नहराउने, घर भत्काउनु पर्ने भएमा उचित क्षतिपूर्ति दिने पक्षमा दिन प्रतिदिन वकालत गर्दै हिँडेको स्पष्ट पार्नुभयो ।

उहाँले धरान–चतरा—हेटौँडा राजमार्ग विस्तारै पूर्वदेखि पश्चिमसम्म जोड्ने राजमार्ग हुने भएकाले पूर्व र पश्चिमको केन्द्रबिन्दु यहाँ भई व्यापारिक केन्द्र हुने भएकाले आजैदेखि आफूलाई सघाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “विकासका पूर्वाधार पनि पाउने भएकाले विकासको विरोधभन्दा पनि रचनात्मक तवरले सहयोग गर्न मेरो आग्रह छ । यस कार्यमा तपाईले गाली गरे पनि तपाँईका छोरानातिले धन्यवाद दिनेछन्, सिन्धुलीको नमूना शहर यहाँ म बनाइदिन्छु, तर राजमार्गको विस्तारमा विरोध नगर्नुस् ।”

यस्तै, प्रदेश सांसद विनोदकुमार खड्काले आत्तिएर नास हुने भो भनी विरोध र धर्ना जुलुस गर्नुपर्ने अवस्था नभएको बताउनुभयो । यस क्षेत्रको विकासका लागि आफूहरु अहोरात्र लागि पर्ने तर तपाईहरु विरोध गर्ने हँुदा कसरी विकास हुन्छ उहाँले प्रश्न गर्नुभयो ।

कम क्षतिमा बढी लाभ हुने हेतुले यस्तो निर्णय भएको भन्दै अस्त व्यस्त शहरीकरणले देखिएका समस्या हल गर्न आफू लागेको उहाँले बताउनुभयो ।

समयमा उचित ध्यान नदिने पछि पछुताउने परिपाटी रहेको भन्दै धरान–चतरा—हेटौँडा राजमार्ग र शहरीकरणको अवधारणाले यहाँको मुहार फेर्ने भएकाले आफूहरुलाई भाग्यमानी ठानी राजमार्गको निर्माणमा अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीयले उचित मुआब्जा पाउनु पर्ने र शहरीकरण हुने हो भने केका आधारमा हुन्छ त्यो सडक निर्माण पहिले नै जनतालाई जानकारी गराउनु पर्ने माग गरेका छन् ।

सो क्षेत्रबाट राजमार्ग विस्तार हुन नदिने भन्दै सन्तोषकुमार बोहराको संयोजकत्वमा संघर्ष समिति गठन गरी विरोधका कार्यक्रम गर्दै आएका छन् । राजमार्ग विस्तार गर्ने क्रममा जनतालाई सुकुम्वासी नबनाई सुक्षित तवरले राजमार्ग विस्तार गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

नेपाल सरकारको राजपत्रमा उल्लेख भएबमोजिम नै राजमार्ग निर्माण हुनुपर्ने माग राख्दै संघर्ष समिति गठन गरिएको हो । राजमार्ग हाज्माको २ नं गेट हुँदै जाँदा थुप्रै संरचना तथा जमिनको विनास हुने भएकाले राजमार्ग नक्साङ्कन भएकै ठाउँबाट जानुपर्ने उनीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com