ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुरुधुरु रुँदै छुटिए बालविवाह गर्ने रोल्पाली जोडि


admin

रोल्पा, ३ वैशाख । “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ…बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन् ।

यता किशोरले पनि दुवैको सहमतिमा आफूहरु भागेको स्वीकारेका छन् । “उनले पनि मलाई माया गर्थिन् मैले पनि उनलाई माया गर्थें तिमीलाई नपाए म मर्छु भनिन् अब म के गरुँ”, अनि दुवैको सहमतिमा हामी भागेका हौँ”, किशोरले भने ।

जिल्ला सदरमुकामको एक विद्यालयमा कक्षा ११मा अध्ययनरत किशोरी र जिल्ला बाहिरको कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत प्यूठानका २३ वर्षीय किशोर गत चैत २७ गते प्रेम विवाह गर्नका लागि घरबाट भागेका थिए ।

छोरीले १७ वर्षको उमेरमा बिहे गरेर भागेको खबर पाएपछि उनको परिवार विक्षिप्त भयो । निकै खोजतलास भयो तर उनलाई परिवारले फेला पार्न सकेन । अन्तमा सदरमुकामकै आमा समूहद्वारा उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी प-यो ।

उजुरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी ग-यो । अन्तमा ती किशोरकिशोरीलाई केटाकै घरमा प्रहरीले फेला पारेपछि अभिभावकका साथमा जिप्रका रोल्पामा झिकाइयो ।

उनीहरु आएको खबर पाउनासाथ आमा समूहको नेतृत्वमा एकहुल जिप्रका पुग्यो । बाल विवाह भएको हुँदा यो विवाह रद्द गरिनुपर्छ भन्दै किशोरीका अभिभावकले किशोर पक्षसँग माग राखे ।

प्रहरीले बाल विवाह कानूनविपरीत भएको भन्दै कानूनी कारवाहीका लागि प्रक्रिया आगडि बढाउन चाहन्थ्यो तर निवेदनमा बाल विवाह उल्लेख नगरी खोजतलासका लागि अनुरोध गरिएकाले प्रहरीलाई बाल विवाहको मुद्दा चलाउन असहज भयो ।

दुईपक्षबीच व्यापक छलफल पछि उनीहरुका अभिभावकले किशोरकिशोरीले वैधानिक रुपमा विवाह नगरेको हुँदा अभिभावकको जिम्मामा लैजाने निधो गरे । तर किशोरकिशोरी भने सँगै बस्न पाउनु पर्छ भन्दै आफ्नो अडान छोड्दै छोडेनन् ।

सँगै बाँच्नेसँगै मर्ने निधो गरेर घरबाट भागेर हिँडेका किशोरकिशोरीको विवाह रद्द हुने भएपछि उनीहरु डाँको छोडेर रोए पनि तिन्कै भविष्यको चिन्ता गर्दै अभिभावकले २० वर्ष पुगेपछि मात्र विवाह गर्न स्वीकृति दिने भन्दै सम्झाइबुझाइ गरेकाले प्रहरीले पनि दुबैलाई आ–आफ्ना अभिभावको जिम्मा लगायो ।

उनीहरुको बिलौना तथा रुवावासी देख्दा वरपर उभिएका अन्य व्यक्तिका समेत आँखा रसाएका थिए । छोराछोरीको सुन्दर भविष्यको कामना गर्दै दुवैका अभिभावकले रुवावासीका बीच उनीहरुकोे बिछोड गराउन बाध्य भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढाका अनुसार यसअघिका दुईवटा बाल विवाहका घटनाउपर मुद्दा दर्ता भई रोल्पा

जिल्ला अदालतले कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ तर यसपटक भने वैधानिक रुपमा विवाह नभएको हुँदा दुवैका अभिभावकले आ–आफ्ना छोराछोरी फिर्ता लगेका हुन् । दुवैले विश्वास बचाएर राख्न सके उच्च शिक्षा हासिल गरी २० वर्षपछि परिवारको मञ्जुरीमा विवाह गर्न सकिने दुवै पक्षका अभिभावकले बताएका छन् ।

उक्त अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार यो घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभए पनि कानूनले बाल विवाह बर्जित गरेको हुँदा बाल विवाह गर्न पाइँदैन । बाल विवाहले शारीरिक तथा मानसिक रुपमा असर पु-याउने भएकाले बाल विवाह गर्ने तथा गराउनेलाई कानूनी कारवाही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com