ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिरबाट धकेलेर युवतीको हत्या


एबीसी न्यूज
बैशाख ३, २०७५ सोमबार   ६ : ५२   बजे

सुर्खेत, ३ वैैशाख । सुर्खेतमा एक युवकले भिरबाट धकेलेर युवतीको हत्या गरेका छन् । विवाह नभइकन यौन सम्पर्क भएपछि युवतीले विवाह गर्न दवाव दिएपछि युवकले भिरबाट धकलेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अनुसन्धानले गिताको हत्या सुवास बोहोराले गरेको खुलासा गरको हो ।
गिताले पटक–पटक विवाह गर्न भनेपछि सुवासले गितालाइ हत्या गर्ने योजनासहित सालकोट वरीपरी भेट्न दवाव दिए । भेटमा उनीहरुबीच विवाहकै विषयमा झगडा पर्यो र जंगलको भिरबाट धकलेर सुवासले गिताको हत्या गरे । बोहोरालाई प्रहरीले काभे्रपलाञ्चोकबाट पक्राउ गरेर शनिबार साँझ सुर्खेत ल्याएको छ । हत्या गरेर काभे्रपलाञ्चोक गएर मजदूरी गरेर बसेका थिए ।
गिता गएको पुस ४ गते घरबाट हराएकी थिइन् । उनलाई बोहोराले त्यसै दिन राति ११ बजेतिर जामुने जंगलमा हत्या गरी खोल्सामा फालेको बोहोराले बयान दिएको एसपी चतुवेदीले जानकारी दिनुभयो ।

गएको माघ ९ गते घटना भएकै ठाउँ पञ्चपूरी नगरपालिका–८, जामुने जंगलमा टाउकोको ९कंमकाल० भटिएको थियो । प्रहरीले कंकाल गिताको हुन सक्ने आशंकामा डिएनए परीक्षणको गराएको थियो । घटना भएको ठाउँ जामुने जंगलमा प्रहरीले गिताले लगाएको कपडा, चप्पल, काँठा र कपाल पनि फेला पारेको थियो ।

यसरी गरेका थिए सुवासले गिताको हत्या
गिता र सुवासको २०७४ वैशाख २८ गते पहिलो पटक फोनमा कुराकानी भएको थियो । गिताको साथी मार्फत उनीहरु फोन सम्पर्क गर्न सफल भएका थिए । त्यस पछि गिता र सुवासको निरन्तर फोनमा कुरा भइरह्यो ।

उनीहरुबीच प्रत्यक्ष भेट भने गएको असार ६ गते भएको थियो । प्रहरीको अनुसन्धानमा घटना घट्नुअघि गिता र सुवासबीच पटक–पटक भेट भएको थियो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुबीच शारिरीक सम्बन्ध राख्ने कुराकानी भयो । उनीहरुबीच योन सम्पर्क पनि भयो ।

यौन सम्पर्क भएपछि गिताको गर्भ रह्यो । गिताले गर्भ रहेको कुरा सुवासलाई भनिन् । त्यसपछि उनले विवाह गर्न सुवासलाई दवाव दिन थालिन । गर्भ रहेको थाहा पाएपछि सुवासले विवाह नगरी हत्या गर्ने योजना बनाए । त्यही योजनाका अनुसार सुवासले पुस ४ गते साँझ सालकोट वरिपरी भेट्न दवाव दिए ।

अन्तत सुवासको योजना अनुसार नै गितासालकोट पुगिन । गएको पुस ४ गते उनीहरुको सालकोटमा भेट भयो र विवाहको विषयमा कुराकानी भयो । सुवासलाई गिताले विवाह गर्न दवाव दिइन् । सुवासले उनीलाई विवाह गर्ने आश्वासन दिए । त्यपछि उनीहरु जामुने जंगल हुँदै बावियाचौर गए ।

बाटामा पहिलेको योजना अनुसार सुवासले गितालाई जामुने जंगलकै भिरबाट धकेले र आफूले त्यहाँबाट हिँडे । प्रहरीका अनुसार सुवासले राति करिब ११ बजे भिरबाट गितालाई धकेलिदिएपछि गिता खोल्सामा रहेको ढुङ्गामा ठोक्किन पुगिन । उनको त्यही ज्यान गएको प्रहरीले बताएको छ । उनी त्यसै रात घर पुगे । भोलिपल्टै आफू सुरक्षित रहनका लागि उनी वीरेन्द्रनगर हान्नीए । वीरेन्द्रनगरबाट सुवास काठमाडौँ लागे । त्यस पछि उनी काभ्रेपलाञ्चोकमा मजदूरी गरेर बसेका थिए । प्रहरीले गिता हराएको दिनको २४ घण्टा समयमा कुनकुन नम्बरमा कुरा भएको छ भनेर अनुसन्धान गर्‍यो । फोन डिटेलको आधारमा सुवासलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुवासले गिताको हत्या गरेपछि गिताको मोबाइलको सीम र आफ्नो मोबाइलको सीम त्यही फालेका थिए ।तर, एउटा एनसेलको सीम भने उनले आफूसँगै राखेका थिए । सुवासले त्यही नम्बरबाट गितालाई फोन गर्थेन् । ‘तर घटना घटेको दिन अन्तिम कल एनसेलबाट गिताको मोबाइलमा फोन गएको पाइयो’ एसपी चर्तुवेदीले भन्नुभयो, ‘झुक्एिर एनसेलबाट गितालाई फोन गरेका रहेछन् । पछि हामीले त्यसै नम्बरमा फोन गर्दा फोन गयो । र, सुबास हुन भन्ने पत्ता लाग्यो ।’

प्रहरीको फोन व्यापारीको हातमा पर्यो । सुवासले पसलमा पैसा तिर्न नसक्दा मोबाइल पसलेलाई बुझाएका थिए । व्यापारी मार्फत त्यो नम्बर सुवासको भएको पत्ता लाग्यो र प्रहरीले उनलाई पक्राउ गर्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group