ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड किन पुगे सुकुटे ?


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार   ९ : ५५   बजे

काठमाडौं , २ वैशाख। औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका छन्।
ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको एक स्रोतले बताएको छ ।

तनाव भएको बेला रिफ्रेसका लागि प्राय सिन्धुपाल्चोकको सुकुटे जाने गरको प्रचण्ड आइतबार पनि परिवार सहित सुकुटेको इक्वेटर बिच रिसोर्टमाा बसेका छन् । माओवादी केन्द्रका नेता एवम सांसद अग्नी सापकोटा सहितको टोेली रिसोर्टमा बस्ने योजना रहेको स्रोतले जानकारी दिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल सिन्धुपाल्चोक आउने भएपछि अरनिको राजमार्ग आसपासको सुरक्षा व्यवस्था कडा पारीएको थियो ।

कहाँ पुग्यो एकीकरण प्रक्रिया अवरुद्ध

वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन । आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच यसबीचमा वार्ता समेत भएको छैन ।

यसबीचमा पार्टी एकता संयोजन समिति बैठक बोलाएपनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो ।

यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए । वार्ताको बारेमा दुवै पक्षले मुख खोलेका छैेनन् ।

एकीकरण प्रक्रिया सकेसम्म बैशाख ९ मै टुंग्याउन एक तहका नेताहरुले आग्रह गरेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड एकातिर राज्यसत्ता र पार्टी सत्तामा यसबीचमा आफ्नो स्थानबारे प्रष्ट हुनु चाहिरहेका छन् । अर्कोतिर बराबरी संख्याका आधारमा पार्टी एकीकरण गर्न र बिधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न कार्यकर्ता पंक्तिबाट दबाब छ ।

एमाले पक्षले भने चुनावको परिणामलाई मुख्य आधार बनाएर संगठन एकीकरण गर्नुपर्ने भन्दै माओवादीले भनेको ५०्५० कुनै हालतमा नहुने बताएको छ । जनयुद्ध शब्द राख्ने सन्दर्भमा भाषा मिलाउन सकिने एमाले नेताहरुको दावी छ । चुनाव चिन्ह सूर्यमा भने दुवै दल सहमत हुने सम्भावना माओवादी निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group