ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा


admin

काठमाडौं, २ बैशाख । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ ।

विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश विश्वका सबै पर्यटकहरुलाई दिने उद्देश्यका साथ आईतबारबाट पदयात्रा सुरु भएको हो ।

पैदल यात्राको पहिलो दिन आईतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाई अभियान सम्पन्न गरिएको हो । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पार्नुभयो । उहाँले सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई पर्यटक उद्योगको रुपमा स्थागित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विश्वसुन्दर शाक्यले अभियानले नेपालको अन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अभियानबाट हनुमानढोकादेखि स्वयम्भूसम्मको अन्य सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको परिचय विश्व समूदायले पाउने पनि बताउनुभयो ।

विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ । अभियान अन्तरगत भोली ३ गते विद्यार्थीहरुले पदयात्रा गर्नेछन । त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान संचालन गरिनेछ ।

५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्र भित्रका सबै सम्पदाहरुको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ । ६ गते हुलाक टिकट प्रर्दशनी, ७ गते चित्रकला प्रर्दशनी गरिनेछ । ८ गते अभियान समापन गरिनेछ । काठमाडौंका स्थानीय सम्पदाहरुको उचित संरक्षण गर्न पनि अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com