ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पर्दैन, मसँग आफ्नै झोला छ’


sharan sharan
बैशाख १, २०७५ शनिबार   ९ : ४८   बजे

बुटवल, १ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ वर्षको अवसर पारेर एक वर्षभित्र प्लास्टिक झोलामुक्त नगर बनाउने संकल्प गरेको छ ।
नगरले ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नाराका साथ नयाँ मिलचोकमा भएको कार्यक्रममा सहभागीहरुले एकसाथ ११ बुंदे प्रतिवद्धता वाचन गरेका छन् । कार्यक्रममा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, रुपन्देही १ का प्रदेश सभा सांसद दधिराम न्यौपाने, रुपन्देहीकै अर्का सांसद बलदेव शर्मा पोखरेलले एकै स्वरमा प्लास्टिक मुक्त तिलोत्तमाको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तिलोत्तमा नगरपालिकाले २०७६ असारसम्म प्लास्टिक झोला र गिलास घटाउने र २०७६ साउनदेखि हटाउने लक्ष राखेको छ । आज आयोजित कार्यक्रममा सांसद घनश्याम भुसाल र नगरप्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलामुक्त अभियानका संयोजक केशवराज न्यौपानेलाई एक बोरा कपडाको झोला हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरवासीले अब बजारमा किनमेल गर्न जाँदा कपडा वा जुटको झोला लिएर जानु पर्नेछ । पसलेले प्लास्टिक झोला दिन खोजे ‘पर्दैन, मसँग आफ्नै झोला छ’ भन्नका लागि नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु वातावरणीय हिसाबले ‘डरलाग्दो विष’ भएकाले नगरपालिकाले सराहनीय अभियान थालेको बताए । नगरपालिकाले राम्रो, पवित्र र सुन्दर कार्य थालेको बताउंदै भुसालले भने, ‘नयाँ र सिर्जनात्मक काम गर्ने हो भने तिलोत्तमा मुलुककै नमूना नगरपालिका बन्न सक्छ ।’
प्रदेशसभा सांसद बलदेव शर्मा पोखरेल र दधिराम न्यौपानेले पनि अभियान अनुकरणीय रहेको भन्दै प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न नगरबासीलाई सुझाव दिए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई प्रदेशको मात्र नभई देशकै सुन्दर, व्यवस्थित र वातावरणमैत्री नमूना नगरपालिका बनाउने लक्ष्य सहित प्लास्टिकमुक्त अभियान थालिएको बताए । नगर कार्यपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि पारित गरिसकेको भन्दै नियम उल्लंघन गर्नेलाई एकहजारदेखि एक लाखसम्म जरिवाना गर्ने घिमिरेले बताए ।
नगरपालिकाकाले वातावरण स्वच्छ राख्ने उद्देश्यले जनसहभागितामा हरेक महिनामा दुई दिन वृहत सरसफाई अभियान, नगर सुन्दरीकरण र हरियाली प्रवर्द्धनका लागि नगरभित्र पर्ने ६ लेन सडकको दुबैतिर गार्डेनिङ अभियान र छाडा गाईगोरुमुक्त अभियान पनि चलाइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group