ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधिक घटनामा मुछिएका यी बलिउड कलाकार


admin

काठमाडौं, ३० चैत । केहि समय अघि कालो हरिण शिकार गरेको आरोपमा अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गर्दै जेल चलान गर्यो । दुई दिन जेल बसेर अन्तत सलमान ५० हजार धरौटीमा रिहा भए । धरौटीमा रिहा भएका खानविरुद्ध अदालतले पाँच वर्षको जेल सजाय तोकेको थियो । बलिउडमा उनी जस्तै अन्य केहि स्टारहरु छन्, जसलाई पनि यस्तै सानाठुला अपराधिक घटनाको काण्डहरू झेल्नु परेको छ ।

सुरज पन्चोली
आदित्य पन्चोलीका अभिनेता पुत्र सूरज पन्चोलीलाई आफ्नो गर्लफ्रेण्ड अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सुरजको बिरुद्ध धारा ३०६ अन्तर्गत मुद्धा दर्ता गरिएको थियो । सूरज १० जुन २०१३ मा यस मुद्धामा जेल पनि गएका छन् । यद्यपी पछि उनीलाई जमानत प्राप्त भयो । आरोपका अनुसार ३ जुन २०१३ मा जिया आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी दुई दिनदेखि सूरज सँग घरमै बसेकी थिइन् । त्यसै दिन बिहान आफ्नो घर फर्केकी थिइन् ।

शाहरुख खान
बर्ष २०१२ मा मुम्बईको वनखेडे स्टेडियममा क्रिकेट म्याच भइरहेको समय शाहरुखको क्रिकेट एशोसियनशनका अधिकारिहरुसँग बहस भएको थियो । उनले सेक्युरिटी गार्डलाई गाली गरेको आरोप लागेको थियो । त्यसपछि उनलाई त्यस स्टेडियममा आउन निषेध गरिएको थियो । यसै घटनालाई लिएर अपराधिक मुद्धा दर्ता भएको थियो । यसका साथै उनीमाथी फिल्म ‘ओम शान्ति ओम’ मा वयोवृद्ध अभिनेता मनोज कुमारको छबि खराब बनाएको आरोपमा मुद्धा दर्ता भएको थियो ।

संजय दत्त
संजय दत्तलाई गैरकानुनी रुपमा हतियार राखेको घटनामा दोषी ठहराइएको थियो । अदालतले उनलाई ५ बर्षको जेल सजाए सुनाएको थियो । यो मुद्धामा उनले जेल सजाय काटेका छन् । उनलाई राम्रो व्यवहारको कारण समय भन्दा पहिले नै रिहाई गरिएको थियो ।

सेफ अलि खान
छोटे नवाबको नामले परिचित बलिउडका तारा सेफ अलि खान पनि कालो हरिणको शिकारको मुद्धाका आरोपी हुन् । यसका साथै उनलाई एक एनआरआई बिजनेस म्यानलाई पिटेको घटनालाई लिएर मुद्धा समेत लागेको थियो ।

गोविन्द
गोविन्दलाई २००७ मा फिल्म ‘मनी हे तो हनी हे’को सेटको समयमा एक व्यक्तिलाई थप्पड हानेका थिए । यस घटनामा उनी बिरुद्ध अपराधिक मुद्धा दर्ता भएको थियो । पछि उनले माफि मागेका थिए ।

फरदीन खान
बर्ष २००१ मा फरदीन खानलाई कोकिन खरिद गर्दा गर्दै पक्राउ गरिएको थियो । यस मुद्धामा उनी बिरुद्ध एनडीपीएसको धारा २७ अनुरुप मुद्धा दर्ता भएको थियो । यद्यपी पछि उनलाई अदालतबाट राहत मिलेको थियो ।

 

(विभिन्न अनलाईनबाट)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com