ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध बाटो प्रयोग गरी नेपाली युवतीलाई भारत लैजाने दुई युवक पक्राउ


admin

 

झापा, २९ चैत । अवैध बाटो प्रयोग गरी नेपाली युवतीलाई भारत लैजाने दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर ४ स्थित ज्ञानेचोक निवासी २४ बर्षीय युवतीलाई अवैध बाटो प्रयोग गरी भारत लैजाने कचनकवल गाँउपालिका ७ निवासी ३२ बर्षीय हर्कबहादुर लिम्बु र सोही ठाँउका २८ बर्षीय अम्मरबहादुर भुजेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

कचनकवल गाँउपालिका ७ स्थित पाठामारी नाकाबाट भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला अन्तरगतको ठाकुरगञ्ज रेल्वे स्टेशन लैजाने नेपाली युवतीलाई उद्धार गर्दै भुजेल र लिम्बुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले जानकारी दिए ।

मे ८ प ९९६ नम्बरको स्कुटरमा सवार युवतीसहित युवकद्धयलाई विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले विहीवार दिउँसो पक्राउ गरिएको उनले बताए । उद्धार गरिएका युवतीको साथबाट नेपाली नागरिकता फेला परेको छ ।

उनलाई भद्रपुर ४ निवासी दुर्गामाया गुरुङले ती युवकद्धयको प्रयोग गरी भारतको दिल्ली पठाउनलाई ठाकुरगञ्ज सम्म पुर्याउने जिम्मा दिएको अनुसन्धानको क्रममा खुलेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए । युवतीलाई दिल्लीबाट कुवेत पठाउने योजना बनाइएको थियो । उद्धार गरिएको युवती र ती युवकद्धयलाई आवश्यक अनुसंन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com