ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला र बालबालिका हराउने क्रममा बृद्धि


एबीसी न्यूज

 

नवलपरासी , २९ चैत ।  नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ ।

महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा भने कमी आउन सकेको छैन । यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ ।

गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ ।

तीमध्ये हालसम्म ७३ महिला, ९ बालक र २९ बालिका फेला परेका छन् । गत वर्ष सबैभन्दा बढि चैत महिनामा १८ महिला हराएका थिए भने तीमध्ये १५ जना फेला परेका थिए ।

यस्तै असोज र कात्तिकमा ६ बालिका हराएकोमा हालसम्म एक जना पनि फेला परेका छैनन् भने कात्तिकमा दुई बालक हराएकोमा अझै उनीहरुको अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षको माघसम्म ४८ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये ३१ महिला, ६ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । तीमध्ये ९ महिला र एक बालिका अझै अज्ञात रहेको बताइएको छ ।

हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिनेमध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको बताइएको छ ।

यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । यसबारे महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेलले खुल्ला सीमानाका कारण कतिपय महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेकाले उनीहरु फेला नपरेको बताउनुभयो ।

आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देख्ने गरेको प्रहरीको भनाई छ ।

यद्यपि हराएको भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीमा परेको निवेदनमध्ये गत वर्षकै हालसम्म फेला नपरेकाले उनीहरुको अवस्था चिन्ताजनक हुनसक्ने र अुनसन्धान तथा खोजी कार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

हराएका भन्ने संख्यामा सबैभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर गएकाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको छ ।

त्यस्तै बालिकाको हकमा उनीहरुले मोबाइल फोन, समाजिक सञ्जाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com