ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजना पक्राउ


एबीसी न्यूज
चैत्र २९, २०७४ बिहीबार   ६ : ०६   बजे

 

काठमाडौँ, २९ चैत।  महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदेश जानका लागि खुमानसिंह थापाले दर्ता गरेको कागजात नक्कली भएपछि प्रहरीले गुल्मीका खुमानसिंह थापासहित, चितवनका अर्जुन अधिकारी र सल्यानका बलबहादुर राउतलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

खुमानसिंह थापाको नक्कली कागजात अर्जुन अधिकारीमार्फत बलबहादुर राउतले बनाउने गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुले पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने क्रममा एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खबर पाएपछि महाशाखाको टोलीले समातेको हो ।

उनीहरुले एसएलसी क्यारेक्टर सर्टिफिकेट , बैंक स्टेटमेन्ट, मृत्यु दर्ता, विवाह दर्ता, प्रहरी रिपोर्ट, नाता प्रमाणितलगायतका कागजात नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ ।

हालसम्म राउतले चार हजारप्रति नक्कली शैक्षिक प्रमाणपत्र, एक हजार ५०० थान बैंक स्टेटमेन्ट, ४०० थान सवारी चालक अनुमतिपत्र, १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानमा खुल्न आएको छ ।

राउतले शैक्षिक प्रमाणपत्रलाई रु एक हजार ५०० देखि पाँच हजार, बैंक स्टेटमेन्टलाई रु एक हजार ५०० देखि दुई हजार ५०० सम्म, सवारी साधन अनुमतिपत्रलाई रु एक हजारदेखि दुई हजारसम्म, प्रहरी रिपोर्टलाई रु ५०० देखि एक हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
पक्राउ परेकालाई मुलुकी ऐन किर्ते कागजको १२ नं बमोजिम कारवाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group